coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मंगलबारसम्मै ‘भारीभन्दा भारी’ वर्षा

काठमाडौ-नेपालीले यसपालिको मनसुनलाई असार १ गते स्वागत गरे । कमजोर अवस्थामा पूर्वी नेपालबाट भित्रिएकाले सुरुमा यसले खासै तंरग ल्याउन सकेको थिएन। बिहीबार सा“झदेखि भने मनसुन सक्रिय मात्र भएन, नियमित बर्सन समेत थाल्यो । त्यसयता यसले अनेक असर छाड्न थालेको छ ।
दुई दिनयता भारी वर्षासँगै बाढीपहिरोमा पा“च जनाको मृत्यु भएको छ भने कैयौं सर्वसाधारण विस्थापित छन् । राजमार्ग अवरुद्घ छन्, राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान प्रभावित । विभिन्न स्थान जलमग्न हुने क्रम शुक्रबार सा“झसम्मै जारी छ ।
नेपाल र भारतका मौसमविद् भन्छन्, ‘मौसमको यो अवस्था मंगलबारसम्मै रहन्छ तर सोमबार वर्षा केही कम हुन सक्छ ।’

‘मनसुन सक्रिय भएको अवस्था छ, शनिबार पनि शुक्रबारजत्तिकै सक्रिय हुन्छ । सोमबार केही कम वर्षा हुन सक्छ ।’
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमाल भन्छन्, ‘मनसुन सक्रिय भएको अवस्था छ, शनिबार पनि शुक्रबारजत्तिकै सक्रिय हुन्छ । सोमबार केही कम वर्षा हुन सक्छ ।’
भारतीय मौसम विज्ञान विभागले भने नेपालस“ग सीमा जोडिएका आफ्ना चारवटै राज्यमा मंगलबारसम्मै ठूलो वर्षाको पूर्वानुमान गरेको छ । ‘उनीहरुको अनुमान धेरै हदसम्म मिल्छ,’ यताका मौसमविद् रिमाल भन्छन् ।
भारतीय मौसम विज्ञान विभागका वैज्ञानिक बिपी यादवले विभागको आधिकारिक वेभसाइटमा गरेको आफ्ना चार राज्यको पा“च दिन (मंगलबारसम्म) को पूर्वानुमान हेर्दा नेपालका पूर्वी तराई, सुदूरपश्चिम पहाडी र तराईका सबै जिल्लामा मंगलबारसम्मै वर्षा हुने देखिन्छ । सोमबार भने तुलनात्मक रुपमा कम वर्षा हुने अनुमान छ ।
भारतका चार राज्यमध्ये उत्तराखण्ड नेपालको पूर्वी सीमास“ग, बिहार पूर्वी र मध्यतराईस“ग, उत्तरप्रदेश पश्चिम र सुदूरपश्चिमका तराईस“ग र उत्तराखण्ड सुदूरपश्चिमस“ग जोडिएका छन् । भारतले आफ्नो पा“चदिने पूर्वानुमानमा सबै राज्यलाई समेट्छ ।
नेपालस“ग सीमा जोडिएको भारतको उत्तरी÷पूर्वी राज्य पश्चिम बंगाल, उत्तरी राज्य बिहार तथा उत्तरप्रदेश र पश्चिमको उत्तराखण्डका विभिन्न स्थानमा मंगलबारसम्मै भारी (हेभी) र भारीभन्दा भारी (हेभी टु हेभी) वर्षाको आँकलन गरिएको छ । यसले विगतमा जस्तै यसपटक पनि भारतका राज्यस“ग सीमा जोडिएका नेपालका क्षेत्र प्रभावित हुने देखाउँछ ।
यादवका अनुसार शुक्रबार पश्चिमबंगाल, उत्तराखण्ड, उत्तरप्रदेशमा ठूलोभन्दा ठूलो वर्षा हुन्छ । यसको प्रभाव उनले भनेजस्तै पूर्वी नेपाल, पश्चिम तराई र पश्चिममा समेत पर्नेछ ।   
रिमालका अनुसार बादल बनाउने प्रणाली (न्यूनचापीय रेखा) भारतको उत्तरप्रदेशको पनि उत्तरी आकाशमा छ । यो जति नेपालतर्फ नजिकियो, त्यति धेरै वर्षा हुन्छ । ‘यति मात्र होइन, बंगालको खाडी हुँदै नेपाल भित्रिरहेको जलवाष्पयुक्त वायुको गति पनि बढेको छ, त्यसले पनि मनसुन सक्रिय बनाएको छ,’ उनले भने।
भारतीय मौसम विभागले आफ्नो पा“चदिने पूर्वानुमानमा शनिबार उत्तराखण्डको केही स्थान, हिमाञ्चल, पश्चिमबंगाल र उत्तरप्रदेशका छुट्टाछुट्टै स्थानमा ‘भारीभन्दा भारी’ वर्षा हुन सक्ने उल्लेख गरेको छ । त्यसको असर नेपालमा पनि पर्नेछ । यसैगरी, आइतबार पनि पश्चिम बंगालका केही स्थान र उत्तराखण्डको बेग्लाबेग्लै स्थानमा भारीभन्दा भारी वर्षाको अनुमान छ । उत्तरप्रदेश र बिहारमा भारी वर्षाको अनुमान छ।
‘भारतको मौसम विज्ञानले गरेको तराई क्षेत्रको अनुमान पहाडीको तुलनामा बढी मिल्छ,’ रिमाल भन्छन्, ‘त्यसको असर नेपालमा पनि पर्न सक्छ ।’     
यसैगरी, अन्य दिनको तुलनामा सोमबार भने बिहार र पश्चिम बंगालका बेग्लाबेग्लै स्थानमा भारी वर्षा हुने अनुमान छ । मंगलबार बिहार र पश्चिम बंगालमा बेग्लाबेग्लै स्थानमा भारी वर्षाको अनुमान गरिएको छ । ‘पश्चिम क्षेत्रमा मनसुन सबैभन्दा बढी सक्रिय रहनेछ,’ रिमाल भन्छन् । नेपालले तीन र भारतले पा“च दिनको मौसम पूर्वानुमान गर्दै आएका छन् ।
सामान्य तिथिभन्दा पाँच दिन ढिलो गरी असार १ गते यसपालिको मनुसन नेपाल भित्रिएको हो । उसै पनि यस वर्ष नेपालको पूर्वी पहाड र तराई क्षेत्रबाहेक अन्य स्थानमा औसतभन्दा बढी वर्षा हुने अनुमान मौसमविद्ले गरिसकेका छन् । मनसुनको उत्तराद्र्धमा ‘ला निना’ प्रभावले बढी सक्रिय हुने आँकलन छ ।
महाशाखाका अनुसार जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । नेपालमा वर्षैभरि हुने वर्षाको करिब ८० प्रतिशत पानी यही अवधिमा पर्छ । गत वर्ष मनसुनी वर्षा अवधिमा सरदर करिब ७६ प्रतिशत पानी परेको थियो जुन सरदरभन्दा कम हो । महाशाखाले पनि कम वर्षा हुने अनुमान गरेको थियो । सामान्यतया सरदर वर्षा भन्नाले स्थानविशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षा भन्ने बुझिन्छ ।
सरदर वर्षाको ९० देखि १ सय १० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ, त्यसभन्दा कम र बढी वर्षा भए क्रमशः न्यून वा अधिक वर्षा । विश्व मौसम संगठन (डब्लुएमओ) को अगुवाइमा दक्षिण एसिया क्षेत्रका मौसमविद्को साझा मञ्चको अनुसन्धानले एसियाका अन्य देशसहित नेपालको मनसुनबारे समेत अनुसन्धान गर्दै आएको छ ।
मञ्चले नेपालमा पनि राम्रो वर्षा हुने आँकलन गरेको छ । गत अप्रिलमा श्रीलंकाको कोलम्बोमा सम्पन्न सम्मेलनले मनसुनसम्बन्धी साझा धारणा तयार पारेर सार्वजनिक गरेको हो । मञ्चले मनसुनको उत्तराद्र्धमा ‘ला निना’ को अवस्था विकसित हुने अनुमान पनि गरेको छ । यो भन्नु नेपालका अधिकांश क्षेत्रमा मनसुन प्रभाव बढ्ने सम्भावना हो ।  त्यसो त गत वर्ष ‘एल निनो’ अवस्था विकसित हु“दा मनसुनमा पनि धेरै कम वर्षा भयो । त्यसको प्रभावले जाडोयाम र हु“दाहु“दा प्रारम्भिक मनसुनमा समेत कम वर्षा भएको पौडेलले जानकारी दिए ।
सामान्यतया नेपालमा मनसुन जेठको अन्तिम साता पूर्वबाट भित्रिन्छ र असोज पहिलो साता पश्चिम नेपालबाट बाहिरिन्छ । एक साताअघि भारतको केरला आइपुगेको मनसुन सात दिनपछि बुधबार नेपाल प्रवेश गरेको हो ।
केरलाबाट श्रीलंका, बंगाल खाडी पुगेर जलवाष्पयुक्त वायु लिएर मनसुन त्यहा“बाट बंगलादेश, बर्मा, भुटान हुँदै नेपाल भित्रिन्छ ।

हवाई उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले शुक्रबार मौसमका कारण तीनवटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएको जानकारी दिए । त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि बिहान आएका एयर चाइना, एयर अरेबिया र नेपाल एयरलाइन्सका जहाज क्रमशः ल्हासा र लखनउ अवतरण गरिएका थिए । वर्षा रोकिएपछि दिउ“सो फर्किएर त्रिभुवन विमानस्थलमै अवतरण भए ।
‘घरेलु उडान दिनभर प्रभावित भए,’ उपाध्यायले नागरिकस“ग भने, ‘स्थगित भएन तर समयमा उडान भर्न पाएनन् ।’

 

प्रकाशित: १८ असार २०७३ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App