१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

देशभर चिसो बढ्यो, हिमाली जिल्लामा हिमपात

काठमाडौं- पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत देशैभर चिसो बढेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का पानी समेत परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार गत बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले नेपालमा मौसम बदली, हिमपात र वर्षा भएको हो। महाशाखाले अवको तीन दिन यसको प्रभाव रहने जनाएको छ। आइतबारदेखि भने यसको प्रभाव क्रमश घट्दै जानेछ।

पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ। हुम्ला जुम्ला लगायत कर्णालीका विभिन्न जिल्लामा हिमपात भएको छ। यस्तै हिमाली जिल्ला मनाङ र मुस्ताङमा पनि हिमपात भएको छ।

प्रकाशित: २७ मंसिर २०७६ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App