बेलायतमा कञ्जरभेटिभ पार्टीको बहुमत, जोन्सन पुनः प्रधानमन्त्री बन्ने

शुक्रबार, २७ मङि्सर २०७६, १२ : ०४ चिरन शर्मा  | @chiranuk

लण्डन- बेलायतमा विहिबार तल्लो सदन हाउस अफ कमनको लागि भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ। शुक्रबार विहानसम्म ६४२ सिटको नतिजा आउँदा  सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले ३५८ सिट सहित सुविधाजनक बहुमत प्राप्त गरेको हो।

यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा करिब ५० सिट कञ्जरभेटिभले थप्न सफल भएको छ। यो नतिजा सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हो।

प्रधानमन्त्री  वोरिस जोन्सनले नेतृत्वमा रहेको कञ्जरभेटिभ पार्टीले जित हासिल गरे पछि जोन्सनलाई पुनः प्रधानमन्त्री बन्न बाटो खुलेको छ।

६५० सिटको लागि भएको निर्वाचनमा विपक्षी दल लेवरलाई ठूलो धक्का लागेको छ। पछिल्लो परिणाम अनुसार लेवरले २०३ सिट प्राप्त गरेको छ। लेवरले गत निर्वाचनमा भन्दा ५८ सिट कम ल्याएको छ।

निर्वाचनमा स्कटिस् नेस्नल पार्टीले ४८ सिट प्राप्त गरि तेस्रो स्थान सुरक्षित गरेको छ। अर्को दल लिबरल डेमोक्र्याटले ११ सिट जितेको छ।

बेलायत  यूरोपेली सङ्घ (ईयू) बाट बाहिरिने (ब्रेक्जिट) विषयमा केन्द्रीत रहेको निर्वाचनलाई कतिपयले दोस्रो जनमत संग्रहका रुपमा समेत हेरेका थिए।  चुनावमा ब्रेक्जिक्ट पक्षधरहरुले ठूलो जित हासिल गरेका छन्।

ब्रेक्जिट पक्षधरहरु एक भएर निर्वाचनमा उत्रिएका थिए भने ब्रेक्जिट रोक्न चाहने पार्टीहरु बीच एकमत नहुदाँ विपक्ष दल लेवरको हार भएको बताएको छ।

प्रधानमन्त्रीमा पुनः जोनसन आउने निश्चित भएसंगै बेलायत आगामी ३१ जनवरी भित्रै यूरोपेली सङ्घ (ईयू) बाट बाहिरिने (ब्रेक्जिट) सुनिश्चित भएको छ। 

बेलायतले ब्रेक्जिक्ट मुद्धा पार लगाउन नसक्दा पछिल्लो ५ वर्षभित्रमा यो तेस्रो पटक भएको आम निर्वाचन हो। सन् २०१६ जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा नतिजा आएसंगै तत्कालिन प्रधानमन्त्री डेभिड   र टेरिसा मे प्रधानमन्त्री भने पछि सो मुद्धाको टुंग्गो लगाउन नसक्दा राजीनामा दिन वाध्य भएका थिए।  

आप्रवासी कामदारहरुको लागि कडा नीति लिएको  कन्जर्भेटिभको पुनः सत्तामा आउने निश्चित भए पछि अध्यायमन नीतिमा थप कडाई हुन सक्ने भनेर विदेशी कामदारहरु सशंकित छन्। ब्रेक्जिट पछि वेलायतको अर्थतन्त्रमा मन्दी आउन सक्ने र घर जग्गाको भाउमा ठूलो गिरावट आउने आसंका गरिएको छ।

 






यसमा तपाईको मत

अन्य समाचार

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

Ncell Footer Ad