८ वैशाख २०८१ शनिबार
कला

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक कार्यक्रम हुँदै

काठमाडौं– सुदूरपश्चिमको पर्यटन र संस्कृति  प्रवर्द्धनका लागि काठमाडौंमा सांस्कृतिक कार्यक्रम हुने भएको छ। सुन्दर पश्चिम नेपाल तथा विकास मन्चले शनिबार दिउँसो २ बजे राष्ट्रिय नाँचघरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो।

यो कार्यक्रमले नेपाल वर्ष २०२० मा सुदूरपश्चिमलाई  प्रवर्द्धन गर्ने रहेको मन्चका अध्यक्ष तथा गायक भोजराज भट्टले जानकारी दिए। ‘सुदूरपश्चिमका पर्यटकीय क्षेत्र र त्यहाँको लोकसंस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउने हाम्रो उद्देश्य हो’, उनले भने, ‘सुप पनि पर्यटन गन्तव्य हो भन्ने देखाउन चाहन्छौं।’

कार्यक्रममा कलाकाहरु भोजराज भट्ट, विनोद बाजुरेली, रेखा जोशी लगायतले प्रस्तुति दिनेछन्। प्रस्तुतिहरु देउडा, छलिया, लोकसंस्कृतिका झलकहरु रहनेछन्।

प्रकाशित: २७ मंसिर २०७६ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App