coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एपेक्स डिजिटल स्मार्टस्टोरको सातौं शाखा दाङमा

काठमाडौं—एपेक्स डिजिटलको सातौं शाखा दाङको घोराहीमा सञ्चालनमा आएको छ। मुलुकभरि ४० स्टोर खोल्ने योजनाअनुसार सातौं शाखा घोराइमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

देशैभर ४० वटा स्टोरहरु खोल्ने योजनासगैं यसको सातौं स्टोर मंसिर २९ गते दाङ्गस्थित घोराहीस्थित न्युरोडमा खुलेको हो। स्टोरमा ‘टच एण्ड फिल’ प्रणाली जडान गरिएको र एउटै स्थानमा विभिन्न ब्राण्डका मोबाइलहरु डिजिटल डिस्प्लेमा सजिलै अवलोकन गर्न र अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।

स्टोरका ब्राण्ड म्यानेजर प्रकाश सुवेदीका अनुसार ८५० वर्गफीटको योे स्मार्ट स्टोरमा ग्राहकहरुले ब्राण्डहरुबीच सजिलै तुलना गर्न र बुझ्न सक्ने हुँदा वास्तवमै नयाँ अनुभव र उत्कृष्ट सेवा प्राप्त गर्नका साथै खरिद गर्न सक्ने भएकाले सम्बन्धित सम्पुर्ण सवैलाई आमन्त्रण गर्न चाहान्छाँै।

स्टोरमा आइफोन, सामसङ, जोपो, जेटिई, हुवाई, जियोनी, साओमी, लेनेभो जस्ता उत्कृष्ट ब्राण्डका मोबाइल सेट उपलब्ध हुनेछन्। ग्राहकले हरेक खरिदमा मोवाइल कभरका साथै टेम्पर ग्लास सित्तैमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

एपेक्स स्टोरबाट सामान खरिद गर्दा ५ देखि ५० प्रतिशत सम्म नगद छुट प्राप्त गर्नुका साथै लक्की ड्र कुपनबाटबम्पर उपहार ३२ इन्चको एलईडी टिभी र स्कुटर प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: ३० मंसिर २०७३ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App