आफूखुसी सिसी क्यामरा जडान

बिहिबार, २६ मङि्सर २०७६, २० : ४५ गणेश विशू

वीरेन्द्रनग- ‘तपाईं सिसी क्यामराको निगरानीमा हुनुहुन्छ,’ यो शब्द प्रायः कार्यालय र पसलमा देखिन्छ। उनीहरूले कार्यालय र पसलको सुरक्षाका लागि जडान गरे पनि जिल्ला प्रशासनलाई जानकारी भने गराएका छैनन्। कार्यविधिअनुसार सिसी क्यामरा जडान गर्दा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनु पर्छ।

तर जानकारी बेगर यहाँका मन्त्रालयदेखि, सरकारी तथा गैरसरकारी कार्यालय र निजी क्षेत्रले सिसी क्यामरा जडान गरेका छन्। सिसी क्यामरा जडान हुँदा चोरीबाट बच्न सक्ने व्यापारीको भनाइ छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार हालसम्म १८ संस्थाले मात्र सिसी क्यामरा जडान गरेको प्रशासनलाई जानकारी गराएका छन्।

‘बजारमा धेरैले सिसी क्यामरा जडान गरेका छन्,’ प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भने, ‘तिनीहरूले जानकारी गराएका छैनन्।’ प्रदेश सरकारले सिसी क्यामरा सञ्चालन कार्यविधि बनाउन सकेको छैन, जसले प्रदेशभित्रका सिसी टिभी व्यवस्थित हुन सकेका छैनन्। केन्द्रको कार्यविधिअनुसार सिसी क्यामरा जडान गर्दा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनु पर्ने व्यवस्था छ।

एकजना व्यक्तिगत, एक होटेल, एक संस्था र अन्य बैंकले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए। सिसी क्यामरा जडान गर्दा प्रशासनलाई जानकारी गराउनुपर्छ भन्ने जानकारी नहुँदा व्यवस्थित हुन नसकेको उनको भनाइ छ। यहाँ खासै ठूलो समस्या नभएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको भनाइ छ। आफ्नो कार्यालय र घरको सुरक्षाका लागि अहिले सिसी क्यामराको जडान गर्ने कार्य बढ्दै गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिमिल्सेनाले जनाए।

यसलाई व्यवस्थित गर्दा सहरको सुरक्षा निगरानीमा झन सहज हुने देखिन्छ। ‘सिसी क्यामरा जडान गर्दा एउटा बाटोतिर अनिवार्य जडान गरेको हुनुपर्छ,’ प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भने, ‘तर यहाँ त्यस्तो गरेको देखिँदैन।’

 






यसमा तपाईको मत

अन्य समाचार

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा निर्माण प्रविधि तथा सामग्रीको बिक्री भन्दा पनि मुलुकभरका करिब १५ सय बढी निर्माण व्यवसायीमा हेभी इक्विपमेन्टको प्रयोगसँगै समयअनुसार प्रविधिमा...

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या ग्रुपले Chlorinated Polyvinyl Chloride (सीपीभीसी)को नयाँ दुई ग्रेडको...

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट...

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम विषेश समारोहका बिच विधिगत रुपमा एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड श्री नन्द किशोर भट्ट र सर्भिस हेड...

जनकपुरमा आजदेखि टाटाको कार मेला

जनकपुरमा आजदेखि टाटाको कार मेला

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको आयोजनामा जनकपुरमा टाटाको कार मेला हुने भएको छ । ...

Ncell Footer Ad