७ वैशाख २०८१ शुक्रबार
समाज

चासोक तङ्नाममा बहुजातीय संस्कृती

पाँचथर सदरमुकाम फिदिमको सुम्हालुङमा साकेला नृत्य प्रर्दशन गरीदैं। तस्बिरःगिरिराज/नागरिक

पाँचथर- सदरमुकाम फिदिम नपा–४ सुम्हालुङमा बिहीबार बिहानैदेखि चहलपलह थियो। लिम्बु जातीको ऐतिहासिक ठाँउ मानिने यो ठाँउमा पर्वको उत्सव थियो। अर्थात लिम्बु जातीले औधि महत्वका साथ मनाउने चासोक तङ्नाम पर्वको माहोल थियो। तर यो माहोल लिम्बु जातीमा मात्र सिमित थिएन। स्थानीय विभिन्न जातजातीका मानिसहरु आएर चसोक पूजा(न्वागीपूजा) गर्ने, प्रसाद खाने तथा सांस्कृतिक उत्सवसमा रमाईरहेका देखिन्थे।

यो माहोल दिउँसो झन विशेष बन्यो। यहाँ दिउँसो लिम्बु जातीको मात्र नभई विभिन्न जाताजातीमा आधारीत रहेको संस्कृतिको प्रर्दशनी भयो। फिदिम र आसपासमा विभिन्न जातजातीका मानिसहरु यहाँ भेला भएका थिए। यहीं अवसरमा लिम्बु जातीको च्याब्रुङ नाच, धाननाँच प्रर्दशन भयो। सोहि अवसरमा राईहरुको साकेलाले निक्कै माहोल तात्यो। तामाङ सेलो, मगरहरुको हुर्रा प्रर्दशन भयो।

यति मात्र हैन विरैलै मात्र देखिने संगीतिक नृत्य सुम्हालुङमा प्रर्दशन भयो। फेदाङ्वा नृत्यमा रमाउने उलेख्य थिए। सबै पुस्ता तथा विभिन्न जातजातीका उलेख्य सहभागीले पर्वले रौनकता दिएको देखिथ्यो।

यो अवसरमा परम्परागत सास्कृतिक पोशाकमा सजिएर आउने उलेख्य थिए। मंसीर पूर्णिमाको दिन हिन्दुले धान्य पूर्णिमाको रुपमा मनाउँछन्। गोठ पूजा गर्छन्। उद्यौलीको रुपमा किरात वर्गका लिम्बू जातीले चासोक तङनाम, राईले साकेलाशिलि, याख्खाले चासोवा, सुनुवारले फोल स्यादरको रुपमा मनाउने गर्छन्। लिम्बु जातीको सघन बसोबास रहेको जिल्लामा चासोकको अवसमा बहुजातीय उत्सव देखिएको हो। ‘सबै जातजातीहरुले उत्सवको रुपमा लिने गरी यो पर्व मनाइएको हो।

विभिन्न जाताजतीमा आधारीत सस्कृती, परम्परागत खेलकुदको प्रर्दशनी गरेका छौँ। यसले समाजिक सद्भावमा महत्पूर्ण योगदान गर्छ’ आयोजक सुम्जिरी सुम्हालुङ आम्बेपज संरक्षण एवं विकास प्रतिष्ठानका सचिव उपेन्द्र लावतीले भने ‘चासोक तङ्नामको अवसरमा मेलातथा परम्परागत खानपान राखिएको छ। चासोक पर्वलाई उत्सवको रुप्मा मनाउन खोजीएको हो।’

प्रदेश–१ का लिम्बु जातीको सघन बसोबास रहेका पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटा, झापा, इलामलगायतका जिल्लामा यो पर्व विभिन्न कार्यक्रमका साथ मनाएको छ। ग्रामिण क्षेत्रमा घरघरमा र बजार तथा सहरमा सामूहिक रुपमा यो पर्व मनाईएको हो। लिम्बु समुदायले मनाउने मौलिक पर्वको रुपमा यो पर्व मनाईने गरीएको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिश्चन्द्र लावतीले बताए। ‘यो पर्व निक्कै महत्वको पर्व हो। नयाँ बालीन्वागी गरेर मात्र प्रयोगमा ल्याउनु पर्ने सन्दर्भमा जोडिएको यो पर्व लिम्बुहरुको महत्वको पर्व हो’ उनले भने।

अन्नबाली प्रकृति देवी (जल, जमिन, वायु, अग्नीअर्थात सूर्य)लाई चढाएर खान र भण्डारण गर्न सुरुवात गरिने परम्परा रहेको पाईन्छ। लिम्बू साँस्कृतिक परिकार सेरगेम, किनामा चाँबे्र, फाँदो मेसु, तोङ्बालगायत खाएर रमाउने चलन छ। यो पर्व उधौली पर्वको रुपमा पनि मनाईन्छ।

 

 

प्रकाशित: २६ मंसिर २०७६ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App