८ वैशाख २०८१ शनिबार
समाज

उद्योगहरुबाट अवैध असुली गर्ने आरोपमा ४ पक्राउ

व्यवसायीहरुलाई धमकाएर रकम असुल्ने अभियोगमा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै बारा प्रहरी।

बारा- पथलैया वीरगन्ज औद्योगिक करिडोर उद्योगहरुबाट डर धम्की दिएर अवैध असुली गर्ने आरोपमा चार जना पक्राउ परेका छन्। बारा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरुमा बम विष्फोट गर्ने भन्दै डर धम्की देखाई अवैध रकम असुली गर्ने आरोपमा चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्ला परवानीपुर गाउँपालिका ४ का प्रमोद साह गोढ, देवशंकर राम, जीतपुरसिमरा उपमहानगरपालिका २० का अच्छेलाल गोसाई र फेटा गाउँपालिका ३ का दिपेन्द्र कुमार धानुक रहेका पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकाशराज खनालले बताएका छन्।

पक्राउ परेका चारै जनाले परवानीपुरमा रहेका एमएस.इट्टा उद्योगका संचालकसँग १५ लाख रुपैयाँ फिरौती माग्ने गरेको र फिरौती रकम नदिए ईटाभट्टा उद्योगमा बम विस्फोट गराई दिने धम्की दिने गरेको उपरीक्षक खनालले बताए।

कलैया उपमहानगरपालिका २५ घर भएका ईट्टाभट्टा संचालक मनोज प्रसाद साह तेलीलाई उद्योगमा विष्फोट गराउने धम्की दिएर फिरौती बापत ३ लाख रुपैयाँ बुझ्न बाराको चैनपुर पुगेका अभियुक्तहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको उपरीक्षक खनालले बताए।

बारा प्रहरीले व्यवसायीलाई धमकाएर पैसा असुल्ने अभियोगमा पक्राउ परेका प्रमोद साहलाई यस अघि पनि पर्सा प्रहरीले २०७३ चैत्र २८ गते वीरगंज महानगरपालिका वडा नम्बर–८ स्थित सडक खण्डमा एक थान पेस्तोेल र त्यसको तीन राउन्ड गोलीसहित पक्राउ गरि कारवाही गरेको उपरीक्षक खनालले बताए।

त्यसैगरी बाराको परवानीपुरस्थित नारायणी आयल रिफाईनरीका संचालकसँग गत असोज २ गते फिरौती रकम माग गरेको र फिरौती रकम नदिएपछि पक्राउ परेका अभियुक्तहरुलेसमेत उद्योगमा सुतली बम विस्फोट गराएको अनुसन्धानबाट खुलेको उपरीक्षक खनालले बताए।

 

प्रकाशित: २६ मंसिर २०७६ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App