७ वैशाख २०८१ शुक्रबार
समाज

मोबाइलको प्रलोभन देखाई बालिकालाई बलात्कार, घटना दर्ता गर्न प्रहरीद्धारा अस्विकार

पीडीत बालिका ।

कपिलवस्तु- मोबाइलको प्रलोभनमा पारेर कपिलस्तुको मायादेबी गाउँपालिका– २ गंगापुर भ्रैसकुन्डाका एक युवाले नाबिलिकालाई बलात्कार गरेको आरोप लगाइएको छ। स्थानीय २२ वर्षिय अजहर तेली मुसलमानले १६ वर्षिया किशोरीलाई बलात्कार गरेको पीडीत बालिकाको परिवारले आरोप लगाएका हुन्।

लैङ्गीक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहकै बेला सो घटना भएको हो। घटना गत मंसिर १८ गते राति ८ बजेको हो। प्रहरीले घटनाको जाहेरी लिन अस्विकार गरेपछि तौलिहवास्थित माहुरी होम नामक संस्थामा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन्। पत्रकार सम्मेलनमा पीडीत बालिका, उनका बुवा र दाई तथा केही गाउँलेहरुसमेत सहभागी थिए।

पीडीत बालिकाले गाउँकै छिेमेकी दाईले घटनाको १० दिन अघि सिमसहितको मोबाइल फोन दिएर आफुलाई राति पटकपकट भेट्न बोलाउने गरेको बताइन्। घटनाको दिन आफु राति ८ बजेतिर खेतमा रहेको खुर्सानी टिप्न जाँदा अजहरले आफुलाई करणी गरेको बताइन्। करणी गरे पछि घटनाबारे कसैलाई भनेमा ज्यानले मार्ने धम्की दिएका बताइन। ‘अजहरको धम्कीले म निकै डराएको थिए, घरमा कसैलाई भनेको थिएन’ उनले भनिन्।

घटनाको अर्को दिन आफुलाई धम्की दिएर मोटरसाइकलमा बसाएर ३ दिनसम्म अपरिचत स्थलमा लगेर फेरी बलात्कार गरेको बताइन्। गाउँबाट ती नाबालिका गाएब भएपछि गाउँमा होहल्ला मचेको थियो। त्यसबारे थाहा पाएपछि अजहरले लुम्बिनी क्षेत्रमा पीडीत बालिकालाई छाडेर भागे। बहिनीलाई लुम्बिनी क्षेत्रबाट गत मंसिर २२ गते साँझ फेला पारेर घर ल्याएको पीडीत बालिकाका दाईले बताए।

‘घरमा आएपछि छोरीले सबै कुरा बताई, त्यसपछि प्रहरीमा उजुरी दिन गए तर प्रहरीले उजुरी लिनै मानेन’ पीडीत बालिकाका बुवाले दुःखी हुँदै भने। उनले घटना लुम्बिनीमा भएको हो त्यही दर्ता गराउन भनेर आफुलाई जिल्ला प्रहरी कार्यालयबाट फर्काएको बताए। आफ्नो नाबालिका छोरीलाई बलात्कार गर्नेलाई कडा कारवाही हुनु पर्ने उनले माग गरे।

प्रहरी उपरीक्षक दीपशमसेर जबराले घटना भएको ठाउँ लुम्बिनी भएकाले त्यतै जाहेरी दर्ता गर्न भनी आफुले पीडीत परिवारलाई पठाएको बताए। माहुरी होमका अध्यक्ष रबि ठाकुरले घटना जिल्लामै भएको र पीडीत बालिका ३ दिनपछि लुम्बिनीमा फेला परेकोले घटना दर्ता जिल्लामै हुनुपर्ने बताउँछन्। घटनापछि अजहर फरार छन्। सो मोबाइलको सिम गाउँकै अगुवा फैजल मुसलमाले बिगारेको पीडीत बालिकाका बुवाको आरोप छ। ‘सिम बिगारेकोले मोबाइलमा कसैको नम्बर नै देखिदैन’ उनले भने। उता फैजलले आफुले सो घटनाको निश्पक्ष छानविन हुनुपर्ने र दोषी देखिए कारवाही हुनुपर्र्ने कुरा मात्र भनेको दाबी गरे। उनले आफुलाई मोबाइलको सिमबारे कुनै जानकारी नभएको बताए।

मुलुकी संहिता अनुसार १८ वर्ष मुनीका बालिकालाई सहमति वा असहमति दुबै अपस्थमा जवर्जस्तीकरणी भएको कडा मानिने उल्लेख गरिएको छ। १६ देखि १८ वर्षसम्मका बालिकालाई करणी गर्नेलाई १० देखि १२ वर्ष कैद हुन सक्ने प्रावधान छ। घटना भएको एक साता बढी भई सक्दा पनि हालसम्म उजुरी दर्ता भएको छैन भने पीडीत बालिकाको स्वास्थ्य परिक्षणसमेत नहुँदा सबुत प्रमाण नष्ट हुने सम्भावना बढेको छ।

प्रकाशित: २६ मंसिर २०७६ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App