पाँचथर- पाँचथर सदरमुकाम फिदिममा बिहीबार बिहान सम्पन्न भएको चौथों सुम्हालुङ मिनि म्याराथुनमा प्रताप थाम्सुहाङ प्रथम भएका छन्। निर्धारित साढे नौँ किलोमिटरको दुरी २९ मिनेट ३० सेकेण्डमा पार गर्दै उनी प्रथम भएका हुन्। जिल्लाको फिदिम–१० का उनले प्रतिस्पर्धी ३४ जनालाई पछि पार्दै उनले यो संस्करणको उपाधि चुमेका हुन्।
लिम्बु जातीहरुको महत्पूर्ण पर्व चासोङ तङनामको अवसरमा चार वर्षयता सुम्हालुङ मिनि म्याराथुन आयोजना हुँदै आएको छ। ऐतिहासिक मानिने सुम्हालुङबाट धावकहरुले क्याम्पसमोड, आहाल गैरी, बसपार्क, शिवालय मन्दिर, प्रहरी चौकि हुँदै फिदिमबजार परिक्रमा गरेका थिए।
३० मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै मोरङका याङदेप राई द्धितिय, ३१ मिनेट ३० सेकेण्डमा निर्धारित दुरी पार गर्दै फिदिम–७ का कुशल राई तृतिय भए। प्रथम, द्धितिय, तृतियले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित सुम्हालुङ मिनि म्याराथुनको ट्रफि उचाले। थप पाँच जना धावकलाई सान्त्वना पुरस्कार दिइएको थियो।
प्रकाशित: २६ मंसिर २०७६ ०९:५० बिहीबार