coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्युत खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्न आवश्यक : कुलमान घिसिङ

काठमाडौं-  नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने तथा सबै क्षेत्रलाई विद्युतिकरण गर्न सके आन्तरिक बजारको बृद्धि हुने बताए। क्षेत्रिय रुपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न सकिने भन्दै उनले भारतसँग त्यसका लागि विभिन्न सम्झौता भई छलफल जारी रहेको बताए।

प्रबन्ध निर्देशक घिसिङले नेपालमा जलविद्युत तथा सोलारको माध्यमबाट विद्युत उत्पादन बढाउन लागिएको समेत बताए। माथिल्लो तामाकोशी सम्पन्न गरि छिट्टै विद्युत आपूर्ति बढाउने योजनामा प्राधिकरण रहेको समेत उनले बताए।

प्रकाशित: २६ मंसिर २०७६ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App