८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

नागरिकता विधेयक पारित हुनु भारतकाे संवैधानिक इतिहासकाे 'कालो दिन' होः सोनिया गान्धी

काठमाडौं - भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता संशोधन विधेयक पारित हुनु देशको संवैधानिक इतिहासकाको कालो दिन भएको बताएकी छन्। भाजपाको यस्तो विभाजनकारी एजेण्डाविरुद्ध कंग्रेसले निरन्तर संघर्ष गर्ने चेतावनी पनि दिइन्।

भारतीय सञ्चार माध्यमकाअनुसार उनले भनिन्,‘ आज संविधानको कालो दिन हो। नागरिकता शंसोधन विधेयक पारित हुनु तुच्छ सोचको उपज हो।’ उनले अगाडि भनिन्,‘ जसका लागि हाम्रा राष्ट्र निर्माताले लडाइँ गरे, यो त्यसको विरुद्धमा आएको छ। अब अशान्त, विकृत तथा विभाजित भारत बन्नेछ। जहाँ धर्म राष्ट्रियताको पहिचान हुनेछ।’

उनले यो विधेयक संविधानविपरित मात्र नभई सबै जाति,वर्ग र समुदाय मिलेर बसेको भारतलाई विभाजित बनाउने लक्षण भएको बताइन्। उनले भनिन्,‘ यो हाम्रो संविधानमा निहित समता तथा धार्मिक आधारमा भेदभाग नहुने सिद्दान्तको अपमान हो।

नागरिकता विधेयकमा भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ। यसमा मुस्लिम उल्लेख छैन। विपक्षी दलहरुले मुस्लिम समुदायलाई सरकारले भेदभाव गरेको भनेर विरोध गर्दै आएका छन्।

यसको विरोधमा भारतका विभिन्न ठाउँमा प्रदर्शन भैरहेको छ। प्रदर्शन उग्र बन्दै गएपछि गुवाहाटीमा अनिश्चिकालिन कर्फ्यू लगाइएको छ। मानिसहरु कर्फ्यूको पनि उल्लंघन गर्दै विरोधमा उत्रेका छन्। उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित: २६ मंसिर २०७६ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App