८ वैशाख २०८१ शनिबार
विचार

सागमा ऐतिहासिक सफलता

दक्षिण एसियाली राष्ट्रका महाकुम्भ खेल मेलाका रूपमा परिचितदक्षिण एसियाली खेलकुद(साग)को १३औं संस्करण सम्पन्न भएको छ।दक्षिण एसियाका राष्ट्रहरूलेपहिलो संस्करण सुरु गर्न आँट नगर्दा नेपालबाटैसन् १९८४ मा जन्म भएकोसागको १३औं संस्करण नेपालमा जे–जसरी सम्पन्न भयो, त्यसले नेपाली खेलकुदमा ऐतिहासिक सफलता थपेको छ। स्थापनायता नेपालले सागको तीन संस्करणसम्पन्न गराउने जुन अवसर पायो, त्यो नेपालकालागि राष्ट्रिय गौरवको विषय हो। सन् १९८४ मा पहिलो संस्करण आयोजना गरेको नेपालले सन् १९९९ मा काठमाडौंमा आठौं संस्करणपनि आयोजना गरेको थियो। यसपालि तेस्रोपटक १३औं संस्करणको आयोजना गरिएकोछ। यसअघि काठमाडौंमा भएको आठौं संस्करणमा नेपालले जुन सफल नतिजा निकालेको थियो, अहिले २० वर्षपछि घरेलु मैदानमा भएको प्रतिस्पर्धामा नेपालले ५१स्वर्ण पदक जितेर नेपाली खेलकुदमा इतिहास रच्ने काम गरेको छ। आठौं सागमा प्राप्त गरेको ३१ स्वर्णको गर्विलोइतिहासलाई लामो समय नेपालले सुधार गर्न सकेका थिएन। राज्यको निकै कमजोर लगानी र व्यवस्थापनको बाबजुद यस संस्करणमा खेलाडीले आठौं सागको सफल नतिजालाई सुधार गर्दै ५१ स्वर्ण, ६० रजत र दुई सय ६ कांस्य दिलाएका हुन्, जुन निकै सराहनीय छ। अपर्याप्त खेल सामग्री, खेल नेतृत्वको उदासीनता र आयोजनाको अन्तिम घडीसम्म पनिरंगशाला÷खेल स्थान नबन्नु नेपाली खेलाडीका लागि निकै दुःखलाग्दो अवस्था थियो।

काठमाडौंमा भएको आठौं संस्करणमा नेपालले जुन सफल नतिजा निकालेको थियो, अहिले २० वर्षपछि घरेलु मैदानमा भएको प्रतिस्पर्धामा नेपालले ५१ वटा स्वर्ण पदक जितेर नेपाली खेलकुदमा इतिहास रच्ने काम गरेको छ।

खेलकुदको तयारीका हिसाबले नतिजा सन्तोषजनक नहुने धेरैको आँकलन भएपनि नेपाली खेलाडीले त्यसलाई गलत साबित गरिदिए। एक हिसाबले भन्ने हो भने सोच्दै नसोचेको सफलता देशलाई सुम्पिए। १३औंसाग सञ्चालनका लागि मूल आयोजकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयमार्फत पाँच अर्ब २५ करोड माग गरेको थियो,जसमा पूर्वधारका लागि तीन अर्ब ६५ करोड थियो।तर, राज्यले भर्पाईका आधारमा तीन अर्ब ६५ करोड रुपैयाँसम्म दिने प्रतिबद्धता व्यक्त गरेको हो। यसमा पूर्वधारबाहेक आयोजनाका लागि मात्र एक अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको थियो।सरकारले आवश्यक परेको खण्डमा १३औं सागका लागि बजेट थपिने आश्वासन पनि दिएको हो। तथापि(राखेप)को कार्यशैली निकै सुस्त भएकाले आयोजना मिति आउन १५ दिन बाँकी हुँदासम्म पनि १३औंसाग नेपालमै हुने या नहुने भन्नेमा द्विविधा नै रह्यो। अन्तिम समय युवा तथा खेलकुदमन्त्रीजगतबहादुर विश्वकर्मा आपैंm निर्माणस्थलमा खटिँदा १३औं साग हुने पक्का त भयो तर संरचनाहरू अत्यन्तै कमजोर भए।यसका बाबजुद पनि नेपाली खेलाडीले जुन उत्कृष्टता प्रदर्शन गरे, त्यसको प्रशंसा गर्नैपर्छ। नेपालका पाँच सय ९६ खेलाडी१३औं सागमा जुन ऐतिहासिक सफलता दिलाउने लक्ष्यका साथ होमिए, उनीहरूलक्ष्यअनुसार नतिजा पनि ल्याउन सफल भए।

साग सम्पन्न भएसँगै सरकारले विजेता खेलाडीलाई जुन प्याकेज घोषणा गरेको छ, त्यसलाई खेलाडीले सकारात्मक रूपमा लिएका छन्। एकभन्दा बढी स्वर्णपदक जित्ने चार खेलाडीलाई सरकारले प्रतिस्वर्ण ११ लाखका दरले पुरस्कार दिने घोषणाले खेलाडीलाई उत्साहित बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता खेलाडीलाई बुधबार बालुवाटारस्थित आफ्नो सरकारी निवासमा बोलाई बधाई दिनुका साथै स्वर्णपदक विजेतालाई जनही नगद नौ लाख, रजत पदक विजेतालाई ६ लाख र कांस्यपदक विजेतालाई तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। टिम इभेन्टमा स्वर्ण जित्नेलाई जनही नगद पाँच लाख रुपैयाँ दिने घोषणा भएको छ, जसप्रति टिम इभेन्टतर्फ स्वर्ण जितेका खेलाडीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। व्यक्तिगततर्फ रजत विजेता खेलाडीले ६ लाख प्राप्त गर्दा आफूहरूले टिम इभेन्टमा स्वर्ण जिते पनि पाँच लाख रुपैयाँ मात्रै प्राप्त गर्ने भएकाले विभेद हुन गएको भन्दै असन्तुष्टिजनाएका हुन्। त्यति मात्र होइन, टिम इभेन्टतर्फ रजत र कांस्य विजेता खेलाडीहरूको विषयमा प्रधानमन्त्रीको सम्बोधनमा केही उल्लेख नभएकाले पनि सम्बन्धित खेलाडीहरूले चित्त दुखाएका हुन्। त्यसो त प्रधानमन्त्री ओलीले नमिलेको विषय पछि मिलाउँदै जाने जुन आश्वासन दिएका छन्, त्यसले केही हदसम्म भएपनि ती खेलाडीहरू आशावादी देखिन्छन्। मुख्य कुरा खेलाडीलाई के–कति रकमको नगद पुरस्कार दिनेभन्दा पनि उनीहरूलाई खेल्ने वातावरण निर्माण गरिदिने काम सरकारको हो। यसका साथै खेलाडीहरूले खेल क्षेत्रमै समर्पित भएर आफ्नो जीविका निर्वाह गर्नसक्ने वातावरण निर्माण गर्नेतर्फ सरकारदेखिखेलकुद परिषद्सम्म सबैले सोच्नैपर्छ। र, त्यसतर्फ उचित कदम चाल्नैपर्छ।

प्रकाशित: २६ मंसिर २०७६ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App