८ वैशाख २०८१ शनिबार
खेल

स्मिथ सिएसएको निर्देशक

जोहान्सबर्ग – दक्षिण अफ्रिका टेस्ट क्रिकेटका पूर्वकप्तान ग्राइम स्मिथले क्रिकेट दक्षिण अफ्रिका(सिएसए)को निर्देशकको जिम्मेवारी स्वीकार गरेका छन्। यद्यपि, उनको जिम्मेवारी कार्यवाहकरूपमा मात्रै हुनेछ। सिएसएको विज्ञप्तिमा आगामी तीन महिनाको लागि मात्र स्मिथलाई निर्देशकको जिम्मेवारी प्रदान गरिएको उल्लेख छ। आगामी सिजनको इन्डियन प्रिमियर लिगसम्म स्मिथले उक्त जिम्मेवारी सम्हाल्नेछन्। दक्षिण अफ्रिकाको इङ्ल्यान्ड विरुद्धको चार खेलको टेस्ट शृंखला सुरु हुनुभन्दा १५ दिनअगाडि यो निर्णय सार्वजनिक भएको हो।

दक्षिण अफ्रिकाले आगामी डिसेम्बर २६ देखि पाहुना टोली इङ्ल्यान्डविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। पछिल्ला समय दक्षिण अफ्रिकाको ग्रासरुट क्रिकेट धरासयी बनेको स्थितिमा पूर्वक्रिकेटरलाई जिम्मेवारी दिइनु निकै विशेषका साथ हेरिएको छ। गत हप्ता मात्र दूराचारको आरोपमा दक्षिण अफ्रिका क्रिकेटका प्रमुख कार्यकारी थबाङ मोरोई बर्खास्त भएका थिए।
बोर्डका अध्यक्ष क्रिस नेन्जानीले भने व्यापक विरोधका बाबजुत पदबाट राजीनामा दिन अस्वीकार गरिसकेका छन्। दक्षिण अफ्रिकन क्रिकेटर एसोसिएसनले पनि बोर्ड पुनर्गठनको माग गरेका छन्।

पूर्वक्रिकेटरले प्रमुख कार्यकारीका रूपमा ज्याक फाउललाई अघि सारेका छन्। यता, नयाँ जिम्मेवारी पाएका स्मिथको भूमिकाबारे विज्ञप्तिमा स्पष्ट उल्लेख भएका छैनन्। तथापि कर्मचारी र प्रशिक्षक नियुक्तिमा ३८ वर्षे स्मिथले काम गर्न सक्ने अनुमान गरिएको छ। स्मिथले सन् २००३ देखि २०१४ सम्म कप्तानीका रूपमा १ सय ८ टेस्ट खेलेका थिए। स्मिथलाई जिम्मेवारी दिइएको प्रति फाउल निकै खुसी भएको दक्षिण अफ्रिकी क्रिकेट बोर्डले उल्लेख गरेको छ।

‘खेल इतिहासमै स्मिथ निकै सफल कप्तान हुन्। उनमा नेतृत्वदायी क्षमता पनि छ। त्यसैले उनले क्रिकेट बोर्डलाई निकै व्यवासायिक ढंगले अगाडि बढाउनेछन्,’ फाउलले भने। यता, स्मिथले पनि बोर्डलाई अगाडि बढाउन आफू निकै उत्सुक रहेको बताएका छन्। 

प्रकाशित: २६ मंसिर २०७६ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App