मोगादिसुमा होटेलमा आक्रमण, पाँचको मृत्यु

बुधबार, २५ मङि्सर २०७६, २० : ५० नागरिक

मोगादिसु- सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ। 
तीन सर्वसाधारणसहित पाँच व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । लामो समयसम्म होटेलमा गरिएको  कब्जापछि पाँँच आक्रमणकारी पनि मारिएका सो स्रोतले थप जानकारी दिएको छ। 

मङ्गलबार साँझको समयमा भएको यस आक्रमणको इस्लामिक समूह ‘अल शबाब’ले जिम्मा लिएको छ।  राजधानी मोगादिसुमा अवस्थित सो होटल राजनीतिज्ञ, उच्चस्तरीय सैनिक अधिकारी र कुटनीतिज्ञहरु भेला हुने प्रख्यात स्थलको रुपमा रहेको बताइन्छ। ‘हाम्रा बहादुर सुरक्षा अधिकारीहरुले ‘एसवाइएल’ होटलमा भएको यस आतङ्ककारी आक्रमणलाई अन्त्य गरे, यस अवस्थामा सरकारी अधिकारी र पाहुनालगयात ८० भन्दा बढी व्यक्ति होटेलमा रहनु भएको थियो ’ प्रहरीद्वारा जारी एक विज्ञप्तिमा बताइएको  छ। 

यस आक्रमणमा परी तीन सर्वसाधारण र दुई सुरक्षा अधिकारी मारिएको पुष्टि भएको छ। त्यसगरी नौ सर्वसाधारण र दुई सैनिक सामान्य घाइते भएका छन्। आक्रमणकारीहरूले प्रहरीको पोशाक लगाएर होटेलमा आएकाले उनीहरुलाई कुनै अनुसन्धान बिना नै होटेलमा प्रवेश गर्न दिइएको प्रत्यक्षदर्शीले एएफपी समाचार समितिलाई बताएको छ। 

आक्रमणकारीहरुले बन्दुक र ग्रेनेडलगायतका हतियारले आक्रमण गरेका थिए। यसअघि यसै होटल र नजिकैको स्थानमा भएका तीन भीषण आतङ्ककारी आक्रमणको पनि अल शबाव समूहले नै  जिम्मा लिएको थियो। टर्कीका राष्ट्रपति रेसेप तयिप एर्डोगानको भ्रमणको पूर्वसन्ध्यामा जनवरी २०१५ मा यसै होटलमा भएको एउटा आत्मघाती कारबम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको थियो।

फेबु्रअरी २०१६ मा एसवाइएल होटलनजिकै पीस गार्डेनको छिमेकमा पर्ने स्गामामा भएको दुईवटा विस्फोटमा परी १६ व्यक्तिको ज्यान गएको थियो।  सन् २०१६ को नै अगस्टमा यसै होटेलमा भएको आत्मघाती कारबम आक्रमणमा परी १५ व्यक्तिको ज्यान गएको थियो। एएफपी






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad