लुम्बिनीमा १० लाख विदेशी पर्यटकलाई भ्रमण गराउने लक्ष्य छः मन्त्री भट्टराई

बुधबार, २५ मङि्सर २०७६, १८ : ४८ नागरिक

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले भ्रमण वर्ष २०२० मा १० लाख विदेशी पर्यटकलाई लुम्बिनी भ्रमण गराउने लक्ष्य रहेको बताएका छन्। बौद्ध दर्शन तथा गुम्बा विकास समितिको समन्वयमा बुधबार सिंहदरबास्थित मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले लुम्बिनीमा १० लाख विदेशी पर्यटकलाई भ्रमण गराउने लक्ष्य रहेको बताएका हुन्।

उनले सरकारले लुम्बिनीको विकासका लागि गुरु योजना बनाउन लागेको समेत जानकारी दिए। त्यस्तै बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सम्मेलन गर्ने समेत बताए।

त्यस्तै मन्त्री भट्टराईले २०२० लाई पर्यटन प्रवद्र्धनका लागि आधार वर्षको रुपमा विकास गरी पर्यटनका निम्ति एक दशक’ अभियान लागू गर्ने बताए।

नेपालमा सबै सिजनमा पर्यटनको सम्भावना रहको बताउँदै सरकारले पूर्वाधार विकास गरी सोही अनुसार पर्यटन प्रवद्र्धनको काम गर्ने रणनीति बनाएको समेत बताए। उनले लुम्बिनी विकास कोषको संरचनागत ढाँचा सानो भएको बताउँदै त्यसलाई वृहत्तर लुम्बिनी विकास परिषद्को रुपमा विकास गर्नुपर्ने समेत बताए। 

त्यस्तै जनवरी एकमा हुने भ्रमण वर्षको उद्घाटन समारोहमा बुद्धको आकृति बनाई मन्त्र बाचन गर्नसमेत बौद्ध गुरुहरुलाई आग्रह गरे।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad