coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘सकिन्छ गर्न यही मुलुकमा गर्नुपर्छ’ पुस्तक सार्वजनिक

भक्तपुर– स्वर्गीय प्रा.डा. इन्जिनियर दीपक भटराईद्धारा लिखित ‘सकिन्छ गर्न यही मुलुकमा गर्नुपर्छ’ नामक पुस्तक विमोचन भएको छ।

काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद् डा.सुरेशराज शर्मा र जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन्। 

कार्यक्रममा संघीय साँंसद महेश वस्नेत, शिक्षाविद् शर्मा, जिल्ला समन्वय समिति प्रमुख गेलाललगायतले आफ्नै मुलुकका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन लेखिएको पुस्तक सवैको लागि पठनीय हुने बताए।

पुस्तक तीन सय ७९ पृष्ठको छ। उत्कृष्ट प्रकाशनले किताब प्रकाशित गरेको हाो। पुस्तकको मूल्य तीन सय रुपैयाँं तोकिएको छ। 

प्रकाशित: २५ मंसिर २०७६ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App