शुल्क बढाएपछि विद्यार्थी आन्दोलित

बिहिबार, ३० मङि्सर २०७३, ०८ : ४० नागरिक

काठमाडौं- विशालनगरमा रहेको कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रेका छन्। पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित उक्त कलेजले एकैपटक ९२ हजार रुपैयाँ शुल्क वृद्धि गरेको आरोप विद्यार्थीले लगाएका छन्।

कलेजका प्रथम सेमेस्टरका सबै विद्यार्थी पाँच दिनदेखि आन्दोलनमा छन्। उनीहरूले प्रिन्सिपल विश्वप्रसाद श्रीवास्तवको कार्यकक्षमा तालाबन्दी गरेका छन्। प्रथम सेमेस्टरका विद्यार्थी बविन खनालले विद्यार्थी काउन्सिलसँग समेत छलफल नगरी शुल्क वृद्धि गरेको बताए। 'दुई वर्षअघिसम्म ६ लाख ८५ हजार चार वर्षको शुल्क थियो,' उनले भने, 'यो वर्ष एकै पटक ९२ हजार ७ सय रुपैयाँ बढाएर ७ लाख ७७ हजार ७ सय बनायो।' प्रथम सेमेस्टरमा ४६ विद्यार्थी अध्ययनरत छन्।

कलेजले महँगीका कारण शुल्क वृद्धि गर्नुपरेको जनाएको छ। कलेजका प्रशासकीय सल्लाहकार मुरारिविनोद पोखरेलले दुई वर्षदेखि शुल्क वृद्धि नगरेकोले एकैपटक वृद्धि गरेको बताए। उनले शुल्क वृद्धि शिक्षा मन्त्रालयले तोकेको मापदण्डभित्रै रहेको दाबी गरे। 'राष्ट्रबैंकको तथ्यांकअनुसार १० प्रतिशत मूल्यवृद्धि र सरकारले वृद्धि गरेको तलब कर्मचारीलाई उपलब्ध गराउन कलेजले बाध्य भएर शुल्क वृद्धि गरेको हो,' पोखरेलले भने, 'प्रयोगात्मक विज्ञानका औजार र उपकरणको मूल्य निकै बढेको छ। यस्तो अवस्थामा शुल्क वृद्धि  हुनु स्वाभाविक हो।'





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad