coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१ हजार ९६ अधिकृतको लागि विज्ञापन आह्वान

काठमाडौं- लोकसेवा आयोगले नयाँ अधिकृतहरुको लागि विज्ञापन आह्वान गरेको छ। आयोगले वुधबार प्रशासन, राजश्व, लेखा, परराष्ट्र, न्याय, संसदका लागि कूल १ हजार ९६ पदको लागि विज्ञापन गरेको हो।

आन्तरिक बढुवातर्फ ३ सय २८, खुला तर्फ ४ सय १९ र समावेशी तर्फ ३ सय ४९ छुट्याइएको छ।

प्रशासन सेवामा ५ सय ६०, प्रशासन राजस्वमा ६९, प्रशासन लेखामा ३०, परराष्ट्रमा ४, न्यायमा २९०, कानूनमा ४९, सरकारी वकिलमा २४ र संसद सेवामा २८ जना माग गरिएको छ।

आन्तरिक बढुवाका लागि पुस २९ गतेसम्म निवेदन दिन सकिने लोकसेवाले जनाएको छ। खुल्ला तथा समावेसी पदमा पुस १५ गतेसम्म फर्म भर्न सकिने छ भने डवल दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति पुस २२ सम्म तोकिएको छ।

 

 

 

प्रकाशित: २५ मंसिर २०७६ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App