४ वैशाख २०८१ मंगलबार
कला

विवादमा ‘दबंग ३’

मुम्बई  (एजेन्सी) – बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ विवादमा परेको छ। फिल्मको रिलिजअघि सनातन हिन्दुवादी संस्थाले बहिष्कारको घोषणा गरेको छ।

अभिनेता खानले फिल्मको नामसँगै साधु र महात्माको चरित्र चित्रण गलत शैलीले गरेको कारण हिन्दुवादी संस्थाहरुले एकजुट भएर फिल्म बहिष्कार गर्ने भएका हुन्। हिन्दू जनजागृति समिति र बजरंग दलका अनुसार यस फिल्ममा साधुसन्तलाई गलत ढंगले प्रस्तुत गरिएको छ। उनीहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै फिल्मको विरोधमा उत्रिएका थिए। ‘दबंग ३’ फिल्मको सुटिङको क्रममा यसलाई लिएर आन्दोलन भएको थियो। फिल्मको एउटा गीतमा साधुलाई गिटार बोकाइएको छ।

‘अभिनेता सलमान खानले मुस्लिम धर्मका गुरुमाथि व्यंग्य गरेका छैनन्। उनले निर्माण गरेको फिल्ममा साधुलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिन्छ। उनले हिन्दु धर्मलाई हेर्ने नियत गलत भएकाले हामी उनको नयाँ फिल्म दबंग ३ बहिष्कार गर्छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘दबंग ३’ मा अभिनेता खानसहित सोनाक्षी सिन्हा र किचा सुदीप लगायतले अभिनय गरेका छन्।

प्रकाशित: २५ मंसिर २०७६ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App