४ वैशाख २०८१ मंगलबार
समाज

गाँजा खाएका दाजु-भाइको झगडामा खुकुरी लागेर बाबुको मृत्यु

इटहरी-सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको शङ्कामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ । 

सोमबार साँझ गाँजा खाएका दाजुभाइबीच भएको झगडा छुट्याउँदा कान्छा छोरा १८ वर्षीय सन्देश गौतमले २४ वर्षीय दाजु सुवास गौतमलाई प्रहार गरेको खुकुरी बाबु कृष्णकुमारको टाउकामा बज्रन पुगेको थियो । 

टाउकामा धारिलो खुकुरीको प्रहार भएबाट घटनास्थलमै ढलेका बाबु गौतमको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । 

गाउँघर छरछिमेकमा रुखबाट लडेको र घरमा नै लडेको भनेर गरिएको हल्ला झुटो भएको असुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि दुवै छोरा र श्रीमती कल्पना गौतमलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । 

मृतक कृष्णकुमारको आज दाहसंस्कार गरिएको छ । दुबै छोरा र श्रीमती कल्पनालाई समेत अनुसन्धान तथा सोधपुछका लागि इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित: २९ मंसिर २०७३ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App