८ वैशाख २०८१ शनिबार
राजनीति

राज्यका अंगहरु अराजक भएः काँग्रेस नेता कोईराला

संगम घर्ति मगर-बाग्लुङ-नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले राज्यका प्रमुख अङ्गहरु अराजक बन्दै गएको बताएका छन् । नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै कोईरालाले राज्यको मुख्य अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अराजक बन्दै गएको बताए ।

‘सरकार प्रमुख भारत गएर ‘मोष्ट वान्टेड’ अपराधीलाई भेटर आउनुहुन्छ, अदालतले आईएनजिओबाट पैसा लिएर कार्यक्रम गर्छ र नेपाल प्रहरीको धज्जी उडाउँछ, संसदले आफ्नो तलब आफै बढाउँछ, यो अराजकताको नमुना हो ।’

‘राज्य सञ्चालनका मुख्य अङ्गहरु अराजक बन्दै गएका छन्,’ नेता कोईरालाले भने,‘सरकार प्रमुख भारत गएर ‘मोष्ट वान्टेड’ अपराधीलाई भेटर आउनुहुन्छ, अदालतले आईएनजिओबाट पैसा लिएर कार्यक्रम गर्छ र नेपाल प्रहरीको धज्जी उडाउँछ, संसदले आफ्नो तलब आफै बढाउँछ, यो अराजकताको नमुना हो ।’

अहिलेको सन्दर्भमा सांसदको तलब बढाउनु आवश्यक भए पनि आयोग मार्फत काम गर्नुपर्नेमा संसदले आफै तलब बढाउनु गलत भएको कोईरालाले बताए । मधेसी र जनजातिको राष्ट्रियतालाई शंकाको दृष्टिले हेरिएकाले अहिलेको राष्ट्रिय राजनीतिमा समस्या थपिएको कोईरालाको भनाई छ ।

‘हामी मधेसीको राष्ट्रियताप्रति शंका गर्छौं, जनजातिको राष्ट्रियतामा शंका गर्छौं,’ उनले भने, ‘अनि देश कसरी बलियो हुन्छ ?’ नेपाललाई अस्थिर राखिराख्न विदेशी शक्तीले चलखेल गरिरहेको भन्दै कोईरालाले विदेशीको योजना विफल बनाउन निर्वाचन आवश्यक रहेको बताए ।

‘अहिलेकै गाविस र नगरपालिकालाई आधार मानेर भएपनि स्थानीय तहको निर्वाचन गर्नु आवश्यक छ,’ उनले भने, ‘२०७४ माघ ७ गतेसम्म निर्वाचन गर्न सकिएन भने संविधान कार्यान्वयनमा समस्या पैदा हुन्छ ।’

‘हामी मधेसीको राष्ट्रियताप्रति शंका गर्छौं, जनजातिको राष्ट्रियतामा शंका गर्छौं,’ उनले भने, ‘अनि देश कसरी बलियो हुन्छ ?’ नेपाललाई अस्थिर राखिराख्न विदेशी शक्तीले चलखेल गरिरहेको भन्दै कोईरालाले विदेशीको योजना विफल बनाउन निर्वाचन आवश्यक रहेको बताए ।

काँग्रेस, एमाले, माओवादी र मधेसी मोर्चा एकठाउँ नउभिएसम्म संविधान कार्यान्वयन हुनै नसक्ने उनले दाबी गरे । ‘संविधान जारी गर्ने बेला मधेसी मोर्चालाई पेलियो, अहिले एमालेलाई पेल्न खोजिदैछ,’ उनले भने, ‘यसले संविधान कार्यान्वयनमा जटिलता ल्याउँछ ।’

एमाले अध्यक्ष केपि ओलीका कारण मधेसमा स्थानीय तहको पुनर्संरचना हुन नसकेको कोईरालाले आरोप लगाए । ‘पहाडमा ६८ प्रतिशत र तराई मधेसमा जम्मा ३२ प्रतिश स्थानीय तह बनाउने गरी आयोगले सीमा तोकिदिएपछि अहिलेसम्म आयोग मधेसमा जान सकेको छैन, यो केपिजीको चलखेलले हो,’ उनले भने ।

देशले धान्न सक्नेगरी स्थानीय तह निर्माण गर्नुपर्ने उनको तर्क छ । पहाड र मधेसबीच भावनात्मक सम्बन्ध रहेकाले पहाडबाट तराई अलग गर्न नहुने उनले बताए ।

‘सीमाङ्कनको कुरा झन् झन् जटिल बन्दै गएको छ,’ नेता कोईरालाले भने, ‘यो हाम्रै नेताहरुका गल्तीका कारण भएको हो ।’ सीमाङ्कनको विवाद टुङ्गाउने जिम्मा शक्तिशाली आयोग गठन गरेर उसैलाई दिनुपर्ने उनको तर्क थियो ।

‘पहिचान र सामथ्र्यलाई ५०-५० प्रतिशत आधार बनाएर सीमाङ्कनको जिम्मा आयोगलाई दिनुपर्छ,’ कोईरालाले भने, ‘यसरी काम गर्न सक्यौं भने विवाद समाधान हुन्छ ।’ कोईरालाले धर्म र राजनीतिलाई जोड्न नहुने बताए ।

एक फरक प्रसङ्गमा उनले काँग्रेसमा गुटगत प्रवृत्ति मौलाएका कारण सक्षम व्यक्तिले अवसर नपाएको बताए । ‘अहिले पार्टीमा अवसर दिनुपर्यो भने, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला वा खुमबहादुर खड्काको मान्छे बनेर अवसर पाउँछन्,’ उनले भने, ‘काँग्रेस बनेर अवसर पाउन गाह्रो छ, यसले पार्टीलाई अगाडि लादैन ।’ काँग्रेसमा अहिले व्यक्तिवादी चरित्र मौलाएको र काँग्रेसीहरु अराजक बन्दै जान थालेको उनले बताए ।

प्रकाशित: २९ मंसिर २०७३ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App