८ वैशाख २०८१ शनिबार
खेल

५१ वटा स्वर्ण काकतालीले आएको हैनः शिलवाल

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ५१ वटा स्वर्ण भित्र्याएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो धारण सार्वजनिक गरेको छ।

सागको समापन समारोहमा आफ्नो धारण राख्दै राखेप सदस्य सचिव रमेश शिलावलले ५१ वटा स्वर्ण काकतालीले नजितेको बताए। राखेपले आफ्नो लक्ष्य अनुसार नजिता ल्याउन सफल भएको भन्दै उनले खुशी व्यक्ति गरे।

‘मैले नेपालले ५० वटा स्वर्ण ल्याउँछौ भनेर भन्दा धेरै मान्छेहरु हाँस्थे’ उनले भने,‘हामीले नेपालीको माझमा खुशी ल्याएका छौं।’ अबको तयारी एसियन र ओलम्पिक गेम्सका लागि हुने उनले बताए। 

१३ औं सागमा नेपालले ५१ स्वर्ण सहित दोस्रो स्थानमा प्रतियोगिता अन्त्य गरेको छ। नेपालले ६० रजत र ९५ कास्य सहित कुल २०६ पदक जितेको छ। पहिलो स्थानमा रहेको भारतको कुल ३१२ पदक रहेको छ। जसमा १७४ स्वर्ण ९३ रजत र ४५ कास्य रहेको छ।

यता ४० स्वर्ण जितेको श्रीलंका तेस्रो स्थानमा छ। उसले ८३ रजत १२८ कास्य सहित २५१ पदक जितेको छ। चौथो स्थानाम पाकिस्तान छ। पाकिस्थानले कुल ३१ स्वर्ण, ७१ रजत र ५९ कास्य सहति कुल १३१ पदक जितेको छ। 

बंगलादेशको भने १९ स्वर्ण छ। बंगलादेशले ३२ रजत र ८७ कास्य जितेको छ। उसको कुल १३८ वटा पदक रहेको छ। 

प्रतियोगितामा माल्दिभ्स र भूटान कमजोर देखिएका छन्। माल्दिभ्सले १ स्वर्ण ४ कास्य सहित जम्मा ५ वटा पदक जितेको छ भने भूटान स्वर्ण विहीन बनेको छ। भूटानले रजत सात वटा र कास्य १३ वटा सहित २० पदक जितेको छ। 

प्रकाशित: २४ मंसिर २०७६ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App