नेपाललाई २–१ अग्रता

मङ्गलबार, २४ मङि्सर २०७६, १६ : १५ नागरिक

काठमाडौं– १३ औं सागअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका नेपाल र भूटान भिडिरहेका छन्।

दोस्रो हाफमा नेपालले १ गोल थपेको छ। पहिलो हाफको समाप्तिमा नेपाल र भूटान बराबरी गोल गरेका थिए। यो संगै नेपालले २–१ गोलको अग्रता बनएको हो। नेपालको लागी ५३ औ मिनेटमा सुनिल बलले गोल गरेका हुन्। सुनिलले हेडमार्फत गोल गरे। दोस्रो हाफमा नेपाल आक्रमक देखिएको छ। 

नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै भूटानका चेन्चो ग्याल्सेनले ३७ औ मिनेटमा बराबरी गोल गरेका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफको ३२ औं मिनेटमा नेपालका खेलाडी सुमन अर्यालले पहेलो कार्ड पाएका थिए। ३२ औ मिनेटमा पाएको फ्रिकिकलाई भुटानले सदुपयोग गर्न सकेन। खेलमा भुटान आक्रमक देखिएको छ। 

सागको इतिहासमा पहिलो पटक फाइनल खेलेको भूटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल प्रतिस्पर्धात्मक देखिएको छ।

  यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने पहिलो टोली बन्यो।


पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको थियो। अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो। नेपाल १० अंक सहित फाइनलमा प्रवेश गरेको थियो। 

यता भूटान भने पहिलो खेलमा बंगलादेशलाई १–० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालसंग ४ गोलले पराजित भएको भूटान तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तर पराजित गर्यो। लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–१ गोल अन्तर गर्दै ९ अंक सहित भूटान फाइनलको यात्रा तय गरेको थियो।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन्। यस्तै बंगलादशले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहीन छन्।

नेपालको प्लेइङ सेटमा विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ रहेका छन्। नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जन रहेका छन्। 






यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर र ट्रिपर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर र ट्रिपर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

Ncell Footer Ad