७ वैशाख २०८१ शुक्रबार
खेल

नेपालविरुद्ध भूटानको बराबरी गोल

काठमाडौं– १३ औं सागअन्तर्गत पुरुष फुटबलमा भूटानले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ। भूटानका चेन्चो ग्याल्सेनले ३७ औ मिनेटमा बराबरी गोल गरेका हुन्।

यस अघि नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफको ३२ औं मिनेटमा नेपालका खेलाडी सुमन अर्यालले पहेलो कार्ड पाएका थिए। ३२ औ मिनेटमा पाएको फ्रिकिकलाई भुटानले सदुपयोग गर्न सकेन। 

सागको इतिहासमा पहिलो पटक फाइनल खेलेको भूटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल प्रतिस्पर्धात्मक देखिएको छ।

  यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने पहिलो टोली बन्यो।


पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको थियो। अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो। नेपाल १० अंक सहित फाइनलमा प्रवेश गरेको थियो। 

यता भूटान भने पहिलो खेलमा बंगलादेशलाई १–० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालसंग ४ गोलले पराजित भएको भूटान तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तर पराजित गर्यो। लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–१ गोल अन्तर गर्दै ९ अंक सहित भूटान फाइनलको यात्रा तय गरेको थियो।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन्। यस्तै बंगलादशले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहीन छन्।

नेपालको प्लेइङ सेटमा विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ रहेका छन्। नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जन रहेका छन्। 

प्रकाशित: २४ मंसिर २०७६ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App