coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरी नै लागुऔषध ग्राहक बनेपछि...

प्रहरीले बरामद गरेको लागुऔषध। तस्बिरः राजु अधिकारी

झापा–संगठित रुपमा लागुऔषध ओसारपसार धन्दा चलाउँदै आएको एउटा गिरोहलाई नियन्त्रणमा लिन काँकडभिट्टा प्रहरी बुधबार सफल भएको छ।

नेपाली एजेन्टको सहयोगमा लागुऔषध नेपाल भित्र्याउन सक्रिय रहेको भारतीय समूहका चारजना सदस्यहरु प्रहरी फन्दामा परेका हुन्। पूर्वी नाकालाई ट्रान्जिट बनाएर नेपालका विभिन्न सहरसम्म लागुऔषध ‘सप्लाई’ गर्दै आएको समूहका मुख्य सदस्यहरुलाई प्रहरीले नाटकीय शैलीमा पक्राउ गरेको हो।

आफूहरु लागुऔषध ग्राहक भएको र खरिद गर्ने उद्देश्यले यहाँ आएको भन्दै लागुऔषध काँकडभिट्टासम्म ल्याइदिए खरिद गर्ने खबर प्रहरीले उनीहरुलाई पठाएको थियो।

उनीहरुको साथबाट प्रहरीले काठमाडौं पठाउन लागिएको  ठूलो परिमाणको लागुऔषध पनि बरामद गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले सीमावर्ती मेची पुलबाट उनीहरुलाई पक्राउ गरेको काँकडभिट्टा  प्रहरी प्रमुख डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा भारत कोटियाजोत घर बताउने ३४ वर्षीय झोरु राजवंशी, ३३ वर्षीय रविन्द्र मेचे, ३० वर्षीय लालु भन्ने बिमल घोस र ३२ वर्षीया गंगी छाइवो छन्।

प्रहरीले उनीहरुका साथबाट लुपिजेसिक, फेनारगन र डाइजिपाम ४÷४ सय एम्पुल र  १ हजार २ सय थान ‐४ सय सेट लागू औषध बरामद गरेको डिएसपी रेग्मीले बताए।

आफूहरु लागुऔषध ग्राहक भएको र खरिद गर्ने उद्देश्यले यहाँ आएको भन्दै लागुऔषध काँकडभिट्टासम्म ल्याइदिए खरिद गर्ने खबर प्रहरीले उनीहरुलाई पठाएको थियो। राजधानी पठाउन ठिक्क पारेको सामानको धेरै दाम पाइने लोभ जागेपछि उनीहरु पनि मेची पुलसम्म ल्याइदिन राजी भएका थिए। त्यही  मौकामा प्रहरीले सवैलाई लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

‘हामीलाई पूर्वी नाकाबाट ठूलो मात्रामा लागुऔषध राजधानी भित्रिँदैछ भन्ने खवर प्राप्त भयो’ लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाका प्रमुख प्रहरी नायव निरीक्षक किशोर श्रेष्ठले भने—‘त्यसपछि हामीले नाकामा सक्रियता बढायौं , इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गरेको संयुक्त अप्रेशनबाट यो सफलता मिल्यो।’

प्रहरीले पक्राउ गरेकामध्ये लालु भन्ने बिमल घोस लागुऔषधको डिलर सञ्चालक रहेको दाबी गरेको छ। प्रहरीको अप्रेशनका क्रममा भाग्नेक्रममा एकजनाको लडेर खुट्टा भाँचिएको र प्रहरीको कडा निगरानीमा  उपचार भइरहेको छ।

प्रकाशित: २९ मंसिर २०७३ ०९:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App