अभिषेक रिजालको गोलमा नेपाललाई अग्रता

मङ्गलबार, २४ मङि्सर २०७६, १५ : १८ नागरिक

काठमाडौं– १३ औं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भूटानविरुद्ध १६ औं मिनेटमा अग्रता लिएको छ। नेपालले अभिषेक रिजालको गोलमा अग्रता लिएको हो। 

सागको इतिहासमा पहिलो पटक फाइनल खेलेको भूटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल प्रतिस्पर्धात्मक देखिएको छ। यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक आयोजक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने पहिलो टोली बन्यो।

पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको थियो। अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो। नेपाल १० अंक सहित फाइनलमा प्रवेश गरेको थियो। 

यता भूटान भने पहिलो खेलमा बंगलादेशलाई १–० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालसंग ४ गोलले पराजित भएको भूटान तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तर पराजित गर्यो। लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–१ गोल अन्तर गर्दै ९ अंक सहित भूटान फाइनलको यात्रा तय गरेको थियो।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन्। यस्तै बंगलादशले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहीन छन्।

नेपालको प्लेइङ सेटमा विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ रहेका छन्। नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जन रहेका छन्। 






यसमा तपाईको मत

अन्य समाचार

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। ...

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको...

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा बनेको छ। ...

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

Ncell Footer Ad