संविधान संशाेधन प्रस्ताव थाँती राख्ने तीन दलबीच सहमति भएकाे खुलासा

बुधबार, २९ मङि्सर २०७३, १५ : २४ नागरिक

काठमाडौं–प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई केही समय थाँती राखेर अघि बढ्नको प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको खुलासा गरेका छन्।

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख सचेतक श्रेष्ठले भने, ‘अहिले निर्वाचनकालागि चाहिने ऐन तथा कानुन बनाउनु पर्नेछ, थुप्रै अरु विधेयक संसदमा अड्किएका छन्, महाअभियोगको प्रस्ताव पनि संसदमा अड्किएको छ, त्यसैले दलहरुबीच बृहत्तर सहमतिकालागि संशोधन प्रस्ताव केही समय थाँती राखेर अघि बढ्ने सहमति भएको छ।’

श्रेष्ठले संविधान संशोधन अहिलेको अनिवार्य आवश्यकता भएकोले यसबारमा प्रमुख दलबीच बृहत्तर सहमति गरेर यसलाई टुँगोमा पुर्याउने बताए। ‘एमालेले भनेजस्तो प्रस्ताव नै फिर्ता लिनुपर्ने कुराको कुनै औचित्य छैन्,’ उनले भने।  उनले प्रमुख प्रतिपक्षी दल एमालेले उठाएको चुनावको मुद्दापनि सही रहेको बताउँदै अहिले प्रमुख दलका शीर्ष नेताबीच यो विषयमा सहमति बनेकोमा खुशी व्यक्त गरे।

श्रेष्ठले भने, ‘मुलुकलाई नयाँ निकास दिनकालागि प्रमुख दलबीच चुनाव गराउने सहमति भएको छ, यो अत्यन्तै सकारात्मक कुरा हो।’ उनले काँग्रेस प्रमुख पार्टी भएकाले मुलुकलाई निकास दिनकालागि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले भने, ‘तत्काललाई संशोधन प्रस्तावलाई थाँती राखेर भएपनि निर्वाचनमा अघि बढ्नुपर्छ, काँग्रेस स्थानीय तह वा निकाय जुनको चुनाव गरेपनि तयार छ, त्यसमा कुनै आपत्ति छैन्, त्यसो भयो भने राम्रो हुन्छ।’

श्रेष्ठले संविधान संशोधन नै गर्न मिल्दैन भनेर एमालेका केही नेताहरुले भ्रम छर्ने काम गरिरहेको समेत गुनासो पोखे । उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सदनमा दर्ता भएको महाअभियोगको प्रस्ताव काँग्रेसको कारणले भन्दापनि एमालेको कारणले तुहिने खतरा रहेको औंल्याए।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad