coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सागको अन्तिम दिनः सुखद् अन्त्यको तयारीमा नेपाल

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनु अघि नेपालले ५० वटा स्वर्ण जित्ने घोषणा गरेको थियो।

नेपाल सोही घोषणाको नजिक छ। खेलको नवौं दिनसम्म नेपालले ४९ वटा स्वर्णमा विजयी भइसकेको छ। थप एक स्वर्णको लागि नेपाललाई नेपाललाई थुप्रै अवसर छन्।

विषेश गरि बक्सिङका खेलबाट थप स्वर्णको अपेक्षा राख्न सकिन्छ। नेपालले आज बक्सिङमा पाँचवटा स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छ। सबै भन्दा चासोको खेल नेपाल र भूटानबीच हुने पुरुष फुटबलमा देखिन्छ। उक्त खेलबाट पनि स्वर्णको अपेक्षा गरिएको छ। 

यता राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी गराएका छन्। सदस्यसचिव सिलवालले प्रतियोगिता सुरुदेखि अहिलेसम्म व्यवस्थित रूपमा सञ्चालन भइरहेको र समापनलाई झनै व्यवस्थित र भव्य बनाउन लागिएको बताए।

उनका अनुसार समापन समारोहकै दिन नेपाल र भुटानबीच फुटबलको फाइनल हुनेछ। त्यसअघि मंगलबार १२ बजे सांसद ११ र राष्ट्रसेवक कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ। फुटबल प्रतियोगिताको फाइनल लगत्तै समापन समारोह शुरु हुनेछ।

डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रविधिमार्फत सम्बोधन गर्नेछन्। त्यसको दोस्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै खेलाडीका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नेछन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहने समापन समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा०, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिव सिलवालले सम्बोधन गर्ने बताइएको छ।

समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ। त्यसै गरी नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने गरी विशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्यसचिव सिलवालले जानकारी गराए।

सो अवसरमा साग ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको सन्देश दिने गरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ। समापनका दिन कार्यक्रम स्थलका प्यारापिटलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी व्यवस्थित गरिनेछ। त्यहाँ भिभिआइपी, भिआइपी, पत्रकार, पदकविजेता खेलाडी, विदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने व्यवस्था हुनेछ।

समापनकै दिन फुटबल प्रतियोगिताको फाइनल भएकाले फुटवल हेर्न लागि दुई हजार र एक हजार दरका टिकटको ब्यबस्था गरिएको छ। उत्तरतर्फ १२ हजार जना अट्ने प्याराफिटका लागि ८ हजार टिकट मात्र बिक्री गरिएको छ। ती टिकटहरु बिक्री भैसकेका छन्।

समापनका दिन सुरक्षा र पासमा पनि कडाइ गरिनेछ। अत्यावश्यकबाहेक यस दिन पास निकै कम प्रयोग हुनेछन्। सञ्चारकर्मीहरुले यसअघि प्रयोग गरिरहेका खेल प्रवेश परिचपयपत्रसँगै आआफ्ना सञ्चारमाध्ययमका परिचयपत्र पनि बोक्नुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित व्यक्तिलाई तोकिएको सिटमा अरू कोही बस्न पाउने छैनन्। त्यसपछि करिब साढे १ घण्टा समापन समारोह चल्नेछ।

प्रकाशित: २४ मंसिर २०७६ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App