८ वैशाख २०८१ शनिबार
प्रवास

मेसिनमा बेरिएर कोरियामा एक नेपालीको मृत्यु

सुर्खेत–रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुर्खेतका एक युवकको मृत्यु भएको छ।

साटाखानी–५ चौरासेका उत्तम पंगालीको मंगलबार बेलुका स्थानीय समय अनुसार ४ः५० मा मृत्यु भएको हो।

कोरियास्थित नेपाली दूतावासका श्रम सहचारी देवराज ढकालले मेसिनको फित्ता निकाल्ने क्रममा दुर्घटना भएको बताए।

‘मेसिनको फित्ता निकाल्ने क्रममा कपडामा बेरिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ’ श्रम सहचारी ढकालले भने, ‘प्रहरीले पनि दुर्घटना भनेको छ।’

पंगालीसँगै सो कम्पनीमा चारजना नेपाली र केही म्यानमारका कामदारहरु कार्यरत थिए। कपडा बेरिएपछि उनलाई मेसिनले तानेको थियो। टाउको पट्टीको भाग मेसिनले पेलिएको छ। श्रम सहचारी ढकालले परिवारलाई घटनाबारे खवर गरिएको बताए।

प्रकाशित: २९ मंसिर २०७३ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App