५ वैशाख २०८१ बुधबार
समाज

‘मिटर–ब्याजी’ पीडितद्वारा सरुवा भएका एसपी सम्मानित

सर्लाही – मिटर–ब्याजीका आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारद्वारा पीडितहरूले सर्लाहीबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय जान लागेका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईलाई सम्मान गरेका छन्।

सोमबा लालबन्दी नगरपालिका–४, भैरवपुरका ऋणपीडितहरूको समूहले एसपी भट्टराईलाई फूलमाला, अबिर र मायाको चिनोसहित सम्मान गरेको हो। श्याम परदेशीपीडित संघर्ष समितिकी संयोजक रुक्मिणी चौधरीले आफूहरूलाई न्याय दिलाउने पक्षमा महŒवपूर्ण भूमिका निर्वाह गरेकाले एसपी भट्टराईप्रति सम्मान दर्शाइएको बताइन्। एसपी भट्टराई १० महिनाअघि प्रहरी प्रमुखको रूपमा सर्लाही आएका थिए।

भैरवपुरमा मात्रै परदेशीबाट ३०/३५ परिवार पीडित छन्। परदेशीले अनपढ सर्वसाधारणलाई पाँच गुणाभन्दा बढीको कागजमा सहीछाप गराएर ऋण दिई ठगेको पीडितहरूले बताउँदै आएका छन्।

प्रहरीले गत भदौ १५ गते परदेशीलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको थियो। एसपी भट्टराईसहितको टोलीले अनुसन्धानपछि मुद्दा दायर गर्दा जिल्ला अदालतले परदेशीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। परदेशी हाल गौर कारागारमा छन्।

परदेशीले दुई सय ९९ जनाविरुद्ध लेनदेनको मुद्दा दायर गरेका थिए, जसमध्ये कतिपय जेल भुक्तान गरेर निस्किएका छन् भने कतिपय अदालतबाट पक्राउ पुर्जी जारी भएकाले पक्राउ परिने डरले गाउँ नै छाडेर भागेका थिए। हाल पीडितहरू धमाधम घर फर्कन थालेको स्थानीयले बताएका छन्।

प्रकाशित: २४ मंसिर २०७६ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App