८ वैशाख २०८१ शनिबार
अर्थ

चेम्बरका अध्यक्ष र श्रीलंकाका राजदूतबीच भेटघाट

काठमाडौं - नेपालका लागि श्रीलंकाका राजदूत हिमानी अरुणातिलका र चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। चेम्बर अफ कमर्सको जमलस्थित कार्यालयमा सोमबार भेटघाट भएको हो। अध्यक्ष श्रेष्ठले कमर्सले आन्दोलनमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको जानकारी गराए। उनका अनुसार हालको परिवर्तित समयमा प्रदेश, जिल्ला  तथा नगर स्तर समेतमा चेम्बरको विस्तार गरी व्यवसाय विकास र पैरवीको कार्यमा चेम्बर सक्षम रहेको बताए।

चेम्बरको आयोजनामा आगामी फेब्रुअरीमा हुने नेपाल चेम्बर एक्स्पो २०२० मा श्रीलंकाबाट समेत सहभागिताका लागि अनुरोध गरे। अध्यक्ष श्रेष्ठले श्रीलंकामा हुने औद्योगिक/व्यापारिक मेलामा नेपाली व्यवसायीको सहभागिताका लागि समेत प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपाल भ्रमण वर्ष २०२० मा समेत श्रीलंकाबाट अपेक्षित पर्यटक नेपाल भिœयाउन सफल हुने अपेक्षासमेत राखे।

अध्यक्ष श्रेष्ठले नेपालको श्रीलंकन एयरलाइन्ससँग भएको सम्झौताले समेत दुई मुलुकबीच पर्यटन प्रवद्र्घन गर्न उल्लेख्य भूमिका खेल्ने र एयरलाइन्सबाट ढुवानी लागतमा सहुलियतपूर्ण दर दिनुपर्ने बताए। नेपाल–श्रीलंकाबीच सन् २०१७ मा १८ लाख अमेरिकी डलर बराबर कारोबार भएको र सन् २०१८ मा बढेर २२ लाख अमेरिकी डलर बराबरको कारोबार भएको थियो। नेपालका लागि श्रीलंकाका राजदुत अरुणातिलकाले दुई मुलुकबीच संयुक्त आर्थिक आयोग गठन भए पनि यसले मूर्त रुप लिन नसकेका बताए।

‘पर्यटन, व्यापार, लगानी, हवाई सम्पर्क आदि विषयमा गहन छलफल गरी आफ्नो कार्यकालमा आयोगको सक्रियता बढाउनेछौं,’ उनले भने, ‘वस्तु व्यापारका साथै सेवा व्यापारमा समेत जोड दिँदै उनले प्रविधि बैंकिङ, पर्यटन, सूचना प्रविधि आदिमा समेत द्विपक्षीय व्यापार लगानी प्रवद्र्धनमा गर्नुपर्ने देखिन्छ।’

राजदुत अरुणातिलकाले नेपाल भूपरिवेष्ठित मुलुक भएकाले विभिन्न समस्या सामना गर्नुपरेकोले सो समस्याको सम्बोधन नै आफ्नो कार्यकालमा दुई मुलुकबीच आर्थिक सम्बन्ध निजी क्षेत्रको सक्रियतामार्फत बलियो बनाउने बताए। सो अवसरमा उनले नेपाल भ्रमण वर्ष २०२० मा श्रीलंकाबाट कलाकार, क्रिकेटरलगायत सर्वसाधारण आउनका लागि आफूले पहल गर्ने आश्वासन दिए । राजदुत अरुणातिलकाले आगामी दिनमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसँगै लुम्बिनीसँग श्रीलंकाको सिधा हवाई सेवा सुरु भई धार्मिक पर्यटन प्रवद्र्धनमा ठोस टेवा पुग्ने अपेक्षा रहेको बताए।

प्रकाशित: २४ मंसिर २०७६ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App