८ वैशाख २०८१ शनिबार
समाज

काठ काट्नसमेत पाएनन् भूकम्पपीडितले

सोलुखुम्बु-पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको लगत पुनः मूल्याङ्कन नगर्दा सोलुखुम्बुका भूकम्पपीडितले काठ काट्न समेत पाएका छैनन् ।

भूकम्पपीडतलाई ९० प्रतिशत छुटमा काठ उपलब्ध गराउने सरकारको निर्णय भए पनि सोलुखुम्बुमा भूकम्पपीडितको लगत पुनः मूल्याङ्कन नहुँदा यसबेला काठ उपलब्ध गराउने काम बन्द रहेको जिल्ला वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गत आर्थिक वर्ष जिल्ला वन कार्यालय सोलुखुम्बुले रु एक हजार ४१६ भूकम्पपीडित घरधुरीलाई गरी कुल ४३ हजार २९० क्युबिक फिट काठ उपलब्ध गराएको थियो ।

गतवर्ष कार्यालयले राष्ट्रिय वनबाट पाँच हजार ७९० क्युविक फिट र सामुदायिक वनबाट ३७ हजार ५०० क्युबिक फिट काठ उपलब्ध गराएको हो । तर चालु आर्थिक वर्षको सुरुवातबाटै पीडितको पुनः मूल्याङ्कनपछि मात्र काठ उपलब्ध गराउनु भन्ने विभागको परिपत्रका कारण काठ वितरण रोकेको जिल्ला वन कार्यालय सोलुखुम्बुका रेञ्जर खेचरबाबु बास्तोलाले जानकारी दिए ।

यसवर्ष वर्षायाम सकिएकाले काठ काट्ने तयारी गरेको भए पनि सहुलियतको काठ उपलब्ध नभएकाले काम सुरु गर्न नसकिएको भकाञ्जेका भूकम्पपीडित सोनाम छिरिङ शेर्पाले बताए ।

पुनः मूल्याङ्कनपछि गाउँमा एकैपटक धेरैले घर बनाउँदा काठ काट्ने जनशक्ति नपाइने भएकाले अहिले नै काठ काटिराख्ने तयारी गरेको भए पनि जिल्ला वन कार्यालयले सहुलियतको काठ नदिँदा समस्या भएको शेर्पाको भनाइ छ ।

सोलुखुम्बुमा करिब नौ हजार घर पूर्ण क्षति भएको विवरण भए पनि प्राधिकरणले मूल्याङ्कन गरेको छैन । अनुदानको आशामा घर नबनाई बसेका पीडित काठको जोहो गरिराख्न चाहेको भए पनि सहुलिंयतको काठ समेत वितरण नगर्दा समस्या भएको बताउँछन् । रासस

प्रकाशित: २९ मंसिर २०७३ ०८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App