coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

चिनियाँ अभिनेत्री सि बर्दियामा

ठाकुरद्धारा (बर्दिया) - चिनियाँ अभिनेत्री सि छिङ आउने खबरले ठाकुरद्धारामा चर्चा चुलियो। जाडो मौसम चिनियाँ अभिनेत्री सि छिङलाई हेर्न ठाकुरद्धारास्थित बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयको मूल गेटमा सर्वसाधारणको भीड लाग्यो। निकुञ्जको मूल गेटमा थारु भेषभूषामा सजिएर थारु यूवती दुई लाईनमा चिनियाँ अभिनेत्री सिको स्वागतका लागि उभिए।

रातो ज्याकेट लगाएर निकुञ्ज पुगेकी चिनियाँ अभिनेत्री सिलाई सर्वसाधारणले नजिकबाट हेर्ने अवसर पाए। गाडीबाट ओर्लिने क्रममा हाँस्दै चिनियेत्री सिले भनिन्, ‘निहाओ (नमस्ते)।’ उनले बोलेकोे चिनियाँ शब्द कसैल नबुझेपनि सर्वसाधारणले बुझेझैं नमस्ते फर्काए।

हलिउडका अभिनेता लियोनार्डो डिक्याप्रियो र बेलायती राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्ज भम्रण गरेका थिए। उनीहरुको भम्रणलगत्तै निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको थियो।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्रमुख संरक्षण अधिकृत अणनाथ बराल र एसपी राजेशनाथ बाँस्तोलाले चिनियाँ अभिनेत्री सिको स्वागत गरे। सर्वसाधारणले माला र अबिर लगाइदिएर उनलाई निकुञ्जमा स्वागत गरेका थिए। नेपाल भ्रमण वर्ष २०२० की सद्भावना दूत समेत रहेकी उनी आइतबार पहिलो पटक बर्दिया राष्ट्रिय निकुन्ज पुगेकी थिइन्। पश्चिम नेपालको पर्यटक गन्तव्य भनेर चिनिएको निकुञ्जमा जिप सफारीबाट उनले निकुञ्ज अवलोकन गरेकी थिइन्। पाटे बाघको खानी भनेर परिचित निकुञ्जमा बाघ हेर्ने उनी त्यहाँ पुगेकी थिइन्। उनले निकुञ्जभित्र रहेको महत्वपूर्ण मानिने स्थानहरु भ्रमण गरेकी थिइन्। उनले हात्ती मचान, बाघ मचान, तिनकुने, खौराहा क्रस, बघौरा, बालकोनी र माथिल्लो कठास लगायत निकुञ्ज भित्रको स्थानहरु भम्रण गरेकी थिइन्।

जंगली सफारी गर्दै निकुञ्ज प्रवेश गरेकी चिनियाँ अभिनेत्री सिले गाडी र पैदल यात्रा गरेकी नेचर गाईड एसोसियसनका अध्यक्ष पवन थापाले जानकारी दिए। उनका अनुसार निकुञ्ज भ्रमण क्रममा जंगली जनावरप्रति भावनात्मक सम्बन्ध रहेको खुलाएकी थिईन। सरकारले भ्रमण वर्ष २०२० मनाउने तयारी गरेपनि विभिन्न समस्याका कारण सोचअनुरुप पर्यटक भित्राउन नसकेकोे पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहन थारुले बताए। ‘पश्चिम नेपालमा धेरै पर्यटकीय गन्तव्य छन्।

सहज सडक सुबिधा नहुनु ,विमानस्थल नहुनु र प्रचार प्रसारको अभावमा पर्यटक भित्रने सकिएको छैन। चिनियाँ अभिनेत्री सिको निकुन्जको भ्रमणले प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ उनले भने। यसअघि हलिउडका अभिनेता लियोनार्डो डिक्याप्रियोले निकुञ्ज भ्रमणको क्रममा समूहमा बाघको फोटो खिचेपछि त्यहाँको पर्यटन भित्रने क्रम उकालो लागेको उनले स्मरण गरे। ‘हलिउडका अभिनेता लियोनार्डो डिक्याप्रियोले खिचेको फोटोले निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या बढेको थियो। अन्तर्राष्ट्रिय रुपमा परिचित सेलिब्रेटीले निकुन्ज भ्रमण गर्दा सकारात्मक सन्देश प्रवाह हुने गरेको छ। त्यस्तै बेलायती राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेपछि यहाँको पर्यटक अस्वभाविक रुपले बढेको थियो,’उनले भने।

प्रकाशित: २४ मंसिर २०७६ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App