कोहलपुर झडप

‘कलेजबाट फर्किंदा सीधै गोली हान्यो’

मङ्गलबार, २४ मङि्सर २०७६, ०७ : १४ शिवहरि घिमिरे  | @shivsamir

काठमाडौं – कोहलपुरको बालविद्या उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत महेश आचार्य आइतबार बिहान ९ बजे विद्यालयबाट घर फर्कंदै थिए। उनीसँगै सहपाठी खुमबहादुर मगर, विवेक मगर र सुशील थापा पनि थिए। कलेजबाट एक किलोमिटर अगाडि बढेपछि अचानक गोली चलेको आवाज आयो। महेश अत्तालिए, साथीभाइ भाग्न थाले। भाग्दाभाग्दै सुशील र महेशको खुट्टामा गोली लाग्यो। उनीहरु ढले। पछिपछि दौडिँदै गरेका साथीलाई पनि प्रहरीको गोली लाग्यो। ‘हामी कलेज सकेर घर फर्कंदै थियौं। अलि पर पुगेपछि प्रहरीले केही दाइहरुलाई लखेट्दै आएको देखियो। दाइहरु दौडिरहेका थिए। हामी पनि दौडिन थाल्यौं, त्यसपछि प्रहरीले टाउको र खुट्टामा गोली हान्यो,’ काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत महेशले भने। सशीलको पनि टाउकोमा गम्भीर चोट लागेको छ। भिडियो एक्सरे गर्दा उनको टाउको र पाखुरामा गोलीको छर्रा देखिएको छ। हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनी बोल्न सक्ने अवस्थामा छन्। ‘मैले प्रायः प्रहरीलाई चिनेको छु, कतिलाई त सर भन्दै कलेजबाट फर्कंदा नमस्कार पनि गरेका थियौं, तिनैले गोली हाने,’ उनले सुनाए, ‘तिनलाई कारबाही हुनुपर्छ।’

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका अर्का निर्दोष व्यक्ति हुन् ललित बढुवाल। उनी कोहलपुर बसपार्कभित्र बस समितिमा काम गर्थे। सडकका होहल्ला सुनेपछि उनी के भएछ भनेर समितिको कार्यालयबाट बाहिर निस्के। उनको पाखुरामा प्रहरीले गोली ठोक्यो। भिडियो एक्सरे गर्दा उनको पाखुरामा गोली छिरेको देखिएको छ। ‘प्रहरीले जहाँ पायो त्यहीं हान्यो, निर्दोष र दोषी मान्छे कोहो भन्ने पनि ख्याल गरेन,’ बढुवालले सुनाए, ‘मेरा अरु साथीलाई पनि प्रहरीले सीधै गोली हान्यो।’

प्रहरीको गोली लागी घाइते भएका नौजनालाई आइतबार बेलुकी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनीहरुको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। गम्भीर घाइते कोहलपुरकी १० वर्षीया प्रकृति चन्दको पनि टिचिङमै उपचार भइरहेको छ।

कोहलपुरको त्रिभुवन माविअगाडि ट्रकले प्रकृतिलाई ठक्कर दिएको थियो। कक्षा सातमा अध्ययनरत उनी गम्भीर घाइते भएपछि नेपालगन्ज कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीसहित २० जनाभन्दा बढी घाइते भएका छन्।






यसमा तपाईको मत

अन्य समाचार

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा निर्माण प्रविधि तथा सामग्रीको बिक्री भन्दा पनि मुलुकभरका करिब १५ सय बढी निर्माण व्यवसायीमा हेभी इक्विपमेन्टको प्रयोगसँगै समयअनुसार प्रविधिमा...

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या ग्रुपले Chlorinated Polyvinyl Chloride (सीपीभीसी)को नयाँ दुई ग्रेडको...

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट...

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम विषेश समारोहका बिच विधिगत रुपमा एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड श्री नन्द किशोर भट्ट र सर्भिस हेड...

जनकपुरमा आजदेखि टाटाको कार मेला

जनकपुरमा आजदेखि टाटाको कार मेला

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको आयोजनामा जनकपुरमा टाटाको कार मेला हुने भएको छ । ...

Ncell Footer Ad