coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हार सफलता कोर्ने बाटो

काठमाडौं - हरेक गल्तीबाट पाठ सिकेर सफलता चुम्नु नै परिश्रमी व्यक्तिको चिनारी झल्कने गर्छ। जुडोकी पुनम श्रेष्ठले पनि सोही किसिम अनुसरण गरिन्। पुनमले पनि हारलाई नै सफलताको कोर्ने बाटो बनाइन्। भारतमा सम्पन्न गत संस्करण १२औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले निराशाजनक नतिजा सामना गर्दा पुनमको प्रदर्शन पनि निराशाजनक नै थियो। गत सागमा सेमिफाइनलमा भारतीय खेलाडीसँग स्तब्ध भएपछि पुनम कांस्य पदकमै सीमित भइन्। भारतमा बेहोरेको असफलताकै दिन पुनमले १३औं संस्करणमा स्वर्ण जित्ने अठोट लिएकी थिइन्।

जुन अठोट सोमबार लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको १३औं सागको जुडो प्रतिस्पर्धामा पुनमले पूरा गरिन्। राउन्ड रोबिन लिग आधारमा सम्पन्न ७८ केजी तौलसमूहको प्रतिस्पर्धामा पुनमले तीन खेलाडीलाई पछार्दै स्वर्ण चुमेकी थिइन्। उनले पहिलो खेलमा श्रीलंकाकी विबुसाना गेदारालाई हराउँदै लिगमा सुखद सुरुआत गरेकी थिइन्।

दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी भारतकी नवनित कौरलाई स्कोरको आधारमा स्तब्ध बनाउँदै स्वर्ण पदकनजिक पुगेकी थिइन्। लिगको अन्तिम खेलमा बंगलादेशकी खानोम फरिनालाई इप्पोनबाट पराजित गर्दै पुनमले स्वर्ण पक्का गरिन्। यससँगै नेपालले जुडोबाट महिला र पुरुषको समान ७÷७ प्रतिस्पर्धा सकिँदा दुई स्वर्ण जित्न सफल भयो।

यसअघि आइतबार देविकाले खड्काले स्वर्ण जितेकी थिइन्। नेपालले मंगलबार एक मात्र प्रतिस्पर्धा टिमतर्पm चुनौती प्रस्तुत गर्नेछ। विगत सात वर्षदेखि राष्ट्रिय टोलीमा रहँदा देशका लागि स्वर्ण जित्ने लक्ष्य राखेकी २१ वर्षे पुनमले आफ्ना सपनाा केही हदसम्म पूरा भएको बताइन्।

‘जुडो खेल्ने थालेको १४ वर्षदेखि आज सपना पूरा भएको छ। राष्ट्रका लागि स्वर्ण जित्न सफल भएको छु। एकदम खुसी लागेको छ,’ पुनमले भनिन्, ‘अब सागको पदक जितेबापत पाएको सम्मान रकमबाट घर बनाउन सहयोग गर्ने लक्ष्य राखेको छु। मेरी आमा र दिदी पूजाले गरेको संघर्षमा म पनि साथ दिँदै छु।’

वि.सं.२०५३ सालदेखि त्रिपुरेश्वरस्थित जुडोको केन्द्रीय प्रशिक्षण केन्द्रबाट जुडो खेल्न सुरु गरेकी पुनमले आफ्नो खेललाई अगाडि बढाउन दिदी पूजाले वैदेशिक रोजगारी गर्दै आफ्नो पढाइ पनि त्यागेकी बताइन्। ‘बुबाले छोड्नु भएपछि आमाले हुर्काउन निकै संघर्ष गर्नुभयो। पछि खेलकुदमा मलाई निरन्तरता दिन दिदीले पनि कयौं त्याग गर्नुभयो,’ पुनमले भनिन्,‘जून त्याग र परिश्रमको फल आज मिलेको छ।’

कक्षा ११ मा अध्ययनरत पुनमले आफ्नो स्वर्ण आमा, प्रशिक्षक, क्लब नेपाल आर्मी र जुडो संघप्र्रति समर्पित गरिन्। सोमबार नेपालका दुई खेलाडी विनीता मगर र आकृति जोशी स्वर्ण जित्नबाट चुके। विनीता मगरले महिला ७० केजीतौल समूहमा रजत पदकमै सीमित भइन्। यस स्पर्धामा भारतकी स्वर्ण गरिमा चौधरीले स्वर्ण जित्दा श्रीलंकाकी कुमारा र बंगलादेशकी कान्ताले कांस्य जिते।

आकृति जोशी महिला ७८ केजीमाथि रजत पदकमै सीमित भइन्। यस विधामा भारतले मान तुलिकाले स्वर्ण जित्दा श्रीलंकाकी विथना लियाना र श्रीलंकाकी विथना लियाना कांस्य जिते। पुरुष ९० केजी तौलसमूहमा नेपालका श्रीराम मकाजूले कांस्य जिते। भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत जितेको छ। पुरुष १०० केजी तौलमाथिको पुरुषमा नेपालका राजन जोशीले कांस्य जिते।

यस स्पर्धामा पाकिस्तानले स्वर्ण, भारतले रजत र थप कांस्य श्रीलंकाले जितेका छन्। पुरुष १०० केजीमुनि नेपालका रमेशबहादुर चन्दले कांस्य जिते। यसमा पाकिस्तानले स्वर्ण र भारतले रजत तथा श्रीलंकाले थप एक कांस्य जिते। पुरुष ८१ केजीमुनि भारतले स्वर्ण जित्दा पाकस्तिानले रजत जित्यो। श्रीलंका र बंगलादेशले कांस्य जिते।

भारतमा सम्पन्न १२औं सागमा नेपालले कुल तीन स्वर्ण जित्दा जुडोकै फुपुल्हामु खत्रीले एक स्वर्ण दिलाएकी थिइन्। यस पटक भने जुडोले नै नेपाललाई तीन स्वर्ण दिलाउने लक्ष्य राखेको छ। गत सागमा सेमिफाइनलमा भारतीय खेलाडीसँग स्तब्ध भएपछि पुनम कांस्य पदकमै सीमित भइन्। भारतमा बेहोरेको असफलताकै दिन पुनमले १३औं संस्करणमा स्वर्ण जित्ने अठोट लिएकी थिइन्।

प्रकाशित: २४ मंसिर २०७६ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App