सिद्धिचरण लोकमार्ग स्तरोन्नति माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

सोमबार, २३ मङि्सर २०७६, २१ : १३ महेश्वर चामलिङ राई

कटारी(उदयपुर)- वर्षौंदेखि जिर्ण र धुले सडकको उपमा पाएको सिराहाको मिर्चयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको स्तरोन्नति गर्न माग गर्दै उदयपुरबाट गएको प्रतिनिधिमण्डलले सोमबार भौतिक योजना तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ। उदयपुर निर्वाचन क्षेत्र २ का सांसद सुरेशकुमार राई (हिमाल) नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री नेम्वाङलाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएको हो।

लोमार्गको मिर्चैया–कटारी–घुर्मी खण्डको जिर्ण सडक स्तरोन्नति गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराउन प्रतिनिधिमण्डल जान सातादिनअघि कटारीमा सरोकरवालाको बृहत भेला बसेर सांसद राईको संयोजकत्वमा ४५ सदस्यीय समिति गठन गरेको थियो। सोही निर्णयअनुसार सांसद राईको टोलीले सडक स्तरोन्नति माग गर्दै ज्ञापनपत्र बुझाएको हो। उदयपुर, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाबासी जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सिद्धिचरण लोकमार्ग वर्षेनी मर्मतसम्भार गर्ने गरिए पनि ३/४ महिनाभित्र जस्ताको तस्तै धुले सडकमा परिणत हुने भएकाले वर्षेनी दुर्घटना भएर जनधनको क्षति हुँदै आएको छ।

माथिल्लो सगरमाथाको द्वार मानिने कटारी हुँदै खोटाङ, ओखलढुंगा र सोलुखुम्बुतर्फ उपभोग्य सामग्री भित्र्याउने एक मात्र सडक सिद्धिचरण लोकमार्ग हो। तर, साँघुरो र सँधै बिग्रने भत्कने सडकमा पटकपटक दुर्घटना हुने तथा वर्षायाममा हिलो र पहिरो तथा हिउँदमा धुलोधुँवाले यातायात सञ्चालनमा धेरै समस्या हुने गरेको छ। सडकको तत्काल स्तरोन्नति गर्न बजेटको माग गर्दै मन्त्री नेम्वाङको ध्यानाकर्षण गराइएको सांसद राईले बताए। ज्ञापनपत्र पेश गर्दै सांसद राईले आप्mनो निर्वाचन क्षेत्र मात्र नभएर सो सडक आधा दर्जन जिल्लाबासीको प्रत्यक्ष दैनिकी जोडिएको विषय भएकाले तत्काल माग संबोधन गर्न आग्रह गरे।

उनले मिर्चयादेखि कटारी हुँदै ओखलढुंगाको सिमाना सुनकोसी घुर्मीसम्म ७२ किलोमिटर सडक तत्काल अर्को योजना खडा गरेर स्तरोन्नति मर्मत गर्न माग गरेको बताएका छन्। सिराहाको चन्द्रोदयपुरमा सञ्चालित मारुती सिमेन्ट कारखानाको चुनढुंगा ओसार्ने हजारौ अधिक भारवहनका टिप्पर सञ्चालन हुने भएकाले सो सडक जति मर्मत गरे पनि केही महिनाभित्रै जिर्ण भईहाल्ने भएकाले दीर्घकालीन उपाय अपनाउन मन्त्रीसँग माग गरेको उनले बताए।

कटारी नगरपालिका ८ को पट्नाभन्ज्याङस्थित चुनढुंगा खानी र सिन्धुलीको ककरुठाकुरस्थित अर्को खानीबाट चुनढुंगा बोक्ने सयौं मारुतीका टिप्पर रातदिन आउजाउ गर्दा सडक बिग्रने गरेको स्थनीय बताउँछन्। मिर्चया नाका हुँदै खोटाङको त्रिधार्मिकस्थल हलेसी जाने भक्तजनको संख्या पनि बाक्लो हुने हुँदा जिर्ण र साँघुरो सडकमा दुर्घटना हुने गरेको प्रतिनिधिमण्डलको भनाई छ।

टिप्पर र भक्तजन सवार बाक्लो सवारीसाधन दैनिक आउजाउ हुने सडकमा हुने सानाठूला दुर्घटनाले जनधनको क्षति भईरहेको भन्दै ज्ञापनपत्रमा मिर्चैया–कटारी–घुर्मी खण्डको स्तरोन्नति गर्न साविक सडक मर्मतसँगै छुट्टै सडक बनाउनुपर्ने माग पनि प्रतिनिधिमण्डलले गरेको छ। साविक सडक स्तरोन्नति गरी टिप्पर चलाउने या बैकल्पिक सडक बनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने विषय पनि छलफल हुनुपर्ने सुझाव मागपत्रमा छ।

सो सडकलाई अत्याधिक उपयोग गर्ने मारुती, कसमस र सौर्य सिमेन्ट उद्योगहरुका लागि छुट्टै औधोगिक सडक बनाएर सिद्धिचरण लोकमार्गबाट अलग गर्न सकिने उपाय पनि ज्ञापनपत्रमा सुझाइएको छ। सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी–घुर्मी खण्डको स्तरोन्नति गर्नका लागि एसियाली विकास बैक (एडिबी) ले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत गरिसकेको सुनेकाले त्यो सही भए तत्काल बजेट व्यवस्था गरेर प्राथमिक्ताका साथ काम अघि बढाउन पनि मन्त्रीको ध्यानाकर्षण गराइएको छ।

प्रतिनिधिमण्डलबाट ज्ञापनपत्र बुभ्mदै मन्त्री नेम्बाङले सडक स्तरोन्नति गर्न सरकार तयार रहेको जवाफ दिएको सांसद राईले बताए। मन्त्री नेम्बाङले सडक स्तरोन्नति गर्ने वा बैकल्पिक सडक बनाउने भन्ने विषयमा अध्ययन गर्न आगामी आर्थिक वर्ष छुट्टै कार्यालय स्थापना गरी बहुवर्षीय ठेक्का लगाएर काम अघि बढाउने बताएको पनि राईले बताए। ‘हाम्रो प्रतिनिधिमण्डको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्बाङले छिट्टै माग संबोधन गर्ने आश्वासन दिनुभएको छ’ सांसद राईले नागरिकसँग भने ‘आसा छ, जिर्ण सडकको छिट्टै स्तरोन्नति हुनेछ। यसमा मन्त्रीज्यू गम्भीर भएको पाइयो।’

प्रतिनिधिमण्डलले सोमबारै अर्थमन्त्री युवराज खतिवडालाई पनि सोही व्यहोराको माग गर्दै ज्ञापनपत्र बुझाएको छ। मन्त्री खतिवडाले चालु वर्षको रकम बाँडफाँड भईसकेकाले आगामी वर्षको बजेटमा रकम विनियोजन गरिदिने आश्वासन दिएको सांसद राईले बताए। मिर्चया–घुर्मीको ७२ किलोमिटरमध्ये कटारी नगरपालिकाभित्र ६५ किलोमिटर खण्ड पर्छ। रातदिन टिप्पर गुडेर हैरान पार्ने हुनाले सडकको अवस्था जहिल्यै जिर्ण हुने हुँदा नगरबासीले पटक पटक टिप्पर कुदाउने बैकल्पिक मार्ग बनाउन माग गर्दै आन्दोलन र चक्काजामसमेत गर्दै आएका छन्।

 

 





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad