coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जनप्रतिनिधिको सम्पत्ति सार्वजनिक गर्न माग

जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै ध्यानाकर्षण पत्र जिल्ला समन्वय समिति प्रमुखलाई बुझाइदै। तस्बिर:अनिल/नागरिक

सिन्धुली- यहाँका नागरिक समाजका केहि अगुवा व्यक्तिहरुले संयुक्त रुपमा जिल्लाका जनप्रतिनिधिहरुको सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन्। अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा नागरिक समाजले जिल्ला समन्वय समितिका प्रमुखमार्फत जिल्लाका जनप्रतिनिधिहरुको सम्पत्ति सार्वजनिक गर्न माग गरेका हुन्।

निर्वाचित भएको केहि वर्षमा जनप्रतिनिधिहरुले अकुत सम्पत्ति जोडेको गुनासो आइरहँदा दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले सार्वजनिक रुपमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्। यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचित भएपश्चात आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने भएपनि केहि जनप्रतिनिधि बाहेक अधिकांश निर्वाचित जनप्रतिनिधिले सम्पत्ति सार्वजनिक नगरेको पाइयो, नागरिक समाजको अगुवाई गरेको गैरसरकारी संस्था महासघका अध्यक्ष बेदराज दाहालले भने, त्यसैले हामीले जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्मा मार्फत ध्यानाकर्षण गराएका हौ।

मन्त्रीपरिषद्को कार्यालयले मिति २०७५ असार २० गते राजपत्रमा प्रकाशित गरेको सूचना तथा भ्रष्टचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरुले सम्पत्ति सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि जिल्लाका जनप्रतिनिधहरुलेनै सम्पत्ति विवरण सार्वजनिक नगर्दा पारदर्शितामा प्रश्न उब्जिएको स्थानीयले बताएका छन्। नियमअनुसार तोकिएको समयसिमा भित्र रहेर सबै जनप्रतिनिधिले सम्पत्ति सार्वजनिक गर्न हामी अनुरोध गर्दछौ, हुराडेक नेपालकी शुष्पा भुजेलले भनिन्, जनप्रतिनिधि भएपछि पारदर्शी बन्नु जरुरी छ।

जिल्ला समन्वय समितिका प्रमुख बर्माले आफुहरुले कार्यालयले तोकेअनुसारको सम्पत्ति विवरणको फारम भरेर केन्द्रमा पठाउने गरेको जनाए। जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिले सार्वजनिक गर्नुपर्छ, राम्रो विषय उठान भयो, तर यो अभ्यास हामीले पनि गरेका छैनौ, उनले भने। प्रमुख बर्माले जिल्लाका सबै जनप्रतिनिधिहरुलाई सम्पत्ति विवरण सार्वजनिक गरेको परिपत्र जिल्ला समन्वय समितिमा पनि पठाउन अनुरोध गर्ने जनाए।


 

प्रकाशित: २३ मंसिर २०७६ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App