coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमपात र चिसोबाट जोगिन विपतको तयारी

हिउँपहिरो र चिसोबाट जोगिन जिल्ला प्रशासन कार्यालय डोल्पामा बसेको विपत व्यवस्थापनको पूर्व तयारी बैठकमा सहभागीहरु।

डोल्पा- हिमाली जिल्ला डोल्पामा चिसो बढेसँगै हिमपात र चिसोबाट नागरिकलाई जोगाउन पूर्व विपत व्यवस्थापनको तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पामा बसेको विपत व्यवस्थापन समितिको बैठकले हिउँदको समयमा आउन सक्ने विपतको सामना गर्न पूर्व तयारी गरेको हो।

मंसिरदेखि चैत्रसम्म डोल्पाको सबै क्षेत्रमा अत्याधिक हिउँ पर्नुका साथै चिसो र हिउँपहिराेका कारण नागरिकले ठूलो क्षति बेहोर्दै आएका छन्। विपतको बेलामा हुन सक्ने सम्भावित जोखिमबाट बच्न के कसरी सकिन्छ भन्ने विषयमा पूर्व तयारीका साथै व्यवस्थापनको बारेमा छलफल गरिएको जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।

प्राकृतिक विपत्ती बाजा बजाएर नआउने भन्दै समयमा सकेसम्मको पूर्व तयारी गरिएकाले सबै त्यसको लागि आवश्यक पर्ने सहयोगको लागि स्थानीय तहका सरकारसँग छलफल तथा सहकार्य गरेर अघि बढ्न लागिएको प्रजिअ केशरीले बताए।

चिसोकै कारण डोल्पामा नागरिकले ज्यान नगुमाएको भएपनि भविश्यमा पर्न सक्ने विपतलाई ध्यानमा राखि अति बिपन्न, गरिब, जेष्ठ नागरिक, अपाङ्ग, टुहुरा लगायतको पहिचान गरि आवश्यक पर्ने न्यानो कपडासमेत बितरण गरिने समेत विपत व्यवस्थापन समितिले निर्णय गरेको छ।

चिसोबाट बच्नको लागि बितरण गरिने कपडा स्थानीयस्तरबाट पहिचान गरि आएको तथ्याङ्कका आधारमा जिल्ला प्रशासनको प्रतिनिधित्वमा जनप्रतिनिधिको रोहबरमा बितरण हुनेछ।

यसैगरि जिल्ला बिपत व्यवस्थापन समितिले जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका लागि आवश्यक पर्ने सामाग्रीहरु खरिद गर्न हरेक गाउँपालिकाले एक लाख र नगरपालिकाले दुई लाख रकम उपलब्ध गराउने भएका छन्। स्थानीय तहले उपलब्ध गराएको रकमबाट जिल्ला रेडक्रसले खरिद गरेर सबै स्थानीय तहमा पायक पर्ने र आवश्यक पर्ने ठाउँमा भण्डारणसमेत गरिने र आवश्यकता अनुरुप वितरण गरिने छ। न्यानो कपडा बितरण तथा समय समयमा प्रभावकारी सूचना प्राप्तीको लागि स्थानीय तहबाट विपत व्यवस्थापनको सूचना अधिकारी तोकेर नाम र नम्बरसहित पठाउनसमेत निर्णय गरिएको पनि प्रजिअ केशरीले नागरिकलाई बताए।

हरेक वर्ष हिउँदको समयमा हिउँपहिरोको कारण सयौं चौरी, घोडा, गाइभैसी मर्नूका साथै केहि मानिसकोसमेत हिउँपहिरोमा परेर ज्यान जाने गरेको छ। पहिलो पटक बसेको विपत व्यवस्थापन पूर्व तयारी बैठकमा ६ गाउँपालिका र दुई नगरपालिकाका प्रमुख तथा प्रतिनिधि सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

 

 

प्रकाशित: २३ मंसिर २०७६ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App