coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दाङमा दुर्घटना, ३ को मृत्यु ४ घाइते

दाङ–बेग्लाबेग्लै दुर्घटनामा दाङमा तीनजनाको मृत्यु भएको छ।

घोराही नगरपालिका–११ रतनपुरचोकमा बा.२१ प.२४६० नम्बरको मोटरसाइकले साईकल यात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। त्रिपुर नगरपालिका–१० तेघरा बस्ने २७ बर्षीय  चुडामणी पौडेलको मृत्यु भएको हो। गम्भीर घाइते साईकल यात्री सोही नगरपालिका–११ कटुकी सेवारका ४५ बर्षीय रेशम बहादुर केसीको घोराही अस्पतालमा उपचार भईरहेको छ।

दाङ सदबरिया–१ अर्जुनखोलामा बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ। ना.६ ख.६३७० नम्बरको बसका सहचालक दाङ हेकुली–३ बस्ने  १९ बर्षीय शोभाराम परियारको मृत्यु भएको हो।

यसैगरी दाङ तुल्सीपुर नगरपालिका–१९ जनावरचोक स्थित लु.२ त ३२८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ। ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३३ बर्षीया कमारी चौधरीको मृत्यु भएको हो। चारजना घाइतेको राप्ती अंचल अस्पताल तुल्सीपुरमा उपचार भैरहेको छ।

प्रकाशित: २९ मंसिर २०७३ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App