coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीले गोठ र मकै नष्ट

उदयपुर- उदयपुरमा आगलागीबाट एक स्थानीयको गोठ जलेर क्षति पुगेको छ। जिल्लाको त्रियुगा नगरपालिका ७, चुहाडेस्थित वीरबहादुर श्रेष्ठको गाई गोठमा सोमबार बिहान एक्कासी लागेको आगोले पुरै गोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ।

बिहान ३ बजे झिसमिसे उज्यालोमा खोले पकाउने क्रममा बालेको आगो चुल्होबाट उम्केर गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। आगोले गोठमा बाँधिएका ३ वटा राँगा र एउटा गाईको शरिर पिल्सिएर घाइते भएका छन्। त्यस्तै गोठनजिकै रहेको मकैको थाङ्ग्रो सबै जलेर नष्ट भएको छ।

घटनाबारे जानकारी आएलगत्तै नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीबासी मिलेर १ घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको थियो। प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले आगलागीबाट श्रेष्ठको ८० हजार रुपैयाँभन्दा बढीको नोक्सान भएको घटनास्थलबाट तयार गरेको प्रहरी सर्जमिन मुचुल्काले देखाएको छ।

प्रकाशित: २३ मंसिर २०७६ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App