coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चावहिलमा दुर्घटना, कलेज छात्रको मृत्यु

काठमाडौँ–काठमाडौँ महानगरपालिका–७ मित्रपार्कमा भएको मोटरसाइकल दुर्घटनामा एक कलेज छात्रको मृत्यु भएको छ।

बा. २ ज २०१५ नम्बरको ट्याक्सीले बा. ७८ प ६९५८ नम्बरको मोटरसाइकललाई बुधबार विहान ठक्कर दिँदा मोटरसाइकलबाट उछिटिएर बा.४ ख ३७३६ नम्बरको ट्यांकरमा ठोक्किन पुगेका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक बौद्ध बस्ने ललितपुरस्थित क्याम्पिन कलेजका कक्षा १२ मा अध्ययनरत १७ बर्षीय  बिजयराज लामाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनलाई हेल्पिङ्ग हेण्ड अस्पताल चावहिल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो। तीनैवटा सवारी साधान, ट्याक्सी र ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २९ मंसिर २०७३ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App