coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री बस्नेत स्पेन प्रस्थान

काठमाण्डौ- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २५) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गरेका छन्।

स्पेनको म्याड्रिडमा सुरु कोपको विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ। म्याड्रिड उड्नुअघि मन्त्री बस्नेतले नेपालले यसपटक हिमालयहरुमा हिउँ पग्नले क्रम तीव्र रुपमा बढेकाले विश्वतापमानमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेकोतर्फ सभाको ध्यानाकर्षण गराउँदै त्यसबाट उत्पन्न विशम परिस्तिथिको सामाना गर्ने सम्बन्धमा योजना तय गर्ने प्रस्ताव राख्ने बताए। यस्तै सम्मेलनमा नेपालले अधिक कार्बन उत्सर्जन गरिरहेका विकसित मुलुकहरुले नेपालजस्ता जलवायु परिवर्तनमा कम योगदान भएर पनि अतिप्रभावित गरिब तथा तेश्रो मुलुकले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने ‘ग्रीन क्लाइमेट फण्ड’ (हरित जलवायु कोष) उपलब्ध गराउन लबिङ गर्नेछ। यसअघि दक्षिण अमेरिकी मुलुक चिलीको सान्टियागोमा तय भएको कोप–२५ त्यहाँको सरकारले विशम राजनीतिक परिस्थितिका कारण व्यवस्थापन गर्न अक्षम रहेको बताएपछि स्पेन सारिएको हो।

मंसिर १६ मा सुरु भएर २७ सम्म चल्ने सम्मेलनमा विश्वका १ सय ९७ मुलुकका राष्ट्र तथा सरकार प्रमुख, वातावरणमन्त्रीहरुका साथै जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधि सहभागी छन्। मन्त्री बस्नेत सम्मेलनमा सहभागी भएर आगामी २९ मंसिरमा स्वदेश फर्कने कार्यक्रम छ।

 

 

 

 

प्रकाशित: २३ मंसिर २०७६ ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App