७ वैशाख २०८१ शुक्रबार
समाज

गाउँ ब्युँझाउने कटुवाले ‘कामीसुनार’

धादिङको उत्तरी क्षेत्रमा पर्ने लापा १ मा पर्ने दिशाफिल्तुङ ढुंङ्गामाथि उभिएर गाउँलेलाई खबर सुनाउँदै कटुवाल कामीसुनार तामाङ।

धादिङ–‘ए गाउँले पाचा हो, सुनिन भन्न पाइँदैन है.... बेलैमा जम्मा हुनुहोला! ’ ढुङ्गामाथि उभिएर यसरी ठूलो आवाजमा कराउँछन् लापाका कामीसुनार तामाङ। गाउँका सूचना गाउँलेलाई बताउँदै हिड्नु उनको दैनिकी हो। पुरुष भेटे ‘ल है साथी हो सुनिन भन्न पाइँदैन है’ भन्छन् । महिला भेटे ‘ल है दिदीबहिनी हो गाउँका छिमिकीलाई पनि भन्देउ है’ भन्छन् ।

सूचना र प्रविधिको विकासले यहाँका मानिसलाई जोडेपनि अधिकांशले कटुवालकै सूचनालाई भरपर्दो मान्ने गरेको स्थानीय अगुवा बताउँछन्। ‘दश वर्ष भयो कटुवाले बनेको

ढुङ्गामाथि उभिएर ठूलो आवाज निकालेर कराउँछन्। उनको आवाज कान ठाडो ठाडो बनाएर सुन्छन् गाउँले। र सूचना अनुसार जम्मा हुन्छन्। देशका अधिकांश ठाउँमा मोबाइल फोनको पहुँच पुगेको छ। आफन्त, परिवार र साथीभाइसँग कुरा गर्नेदेखि लिएर महत्वपूर्ण सूचना र जानकारी मोबाइलबाट नै हुन थालेको वर्षांै भइसक्यो। तर, धादिङको उत्तरी क्षेत्रमा पर्ने बिकट गाउँमा शताब्दी अघिको कटुवाल प्रथा अझै कायमै छ।

कामी सुनार तामाङ गाउँका मात्र कटुवाल हुन्। उनले १० वर्षदेखि गाउँको अग्ला डाँडाका ढुङ्गामाथि चढेर गाउँलेलाई सूचना सुनाउने गरेका छन्। सूचना र प्रविधिको विकासले यहाँका मानिसलाई जोडेपनि अधिकांशले कटुवालकै सूचनालाई भरपर्दो मान्ने गरेको स्थानीय अगुवा बताउँछन्। ‘दश वर्ष भयो कटुवाले बनेको। सबैले मलाई कटुवाले नै भन्छन्। गाउँमा निस्क्यो की आजको खबर के ल्याइस् भनेर सोध्छन्’, कामी सुनार तामाङ भन्छन्, ‘गाउँलेलाई सूचना सुनाएर महिनाको पाँच हजार कमाउँछु।’

‘गाउँमा फोन छैन। भएको पनि लाग्दैन । सिडिएमए फोन भएकाहरु पनि टावरसमेत बोकेर डाँडातिर जानुपर्छ। डाँडामा ढुङ्गामाथि गएर बल्लतल्ल झल्याकझुलुक टावर टिप्छ त्यही पनि फोन लाग्दैन,’ लापा गाविस– ५ सायनकी कान्छीमायाँ तामाङ भन्छिन्, ‘कटुवालेले सुनाएन भने हामी केही थाहा पाउँदैनौं।’ उत्तरी क्षेत्रमा पर्ने लापा, रि, सेर्तुङ तिप्लिङलगायतका गाविसमा गाविस कार्यालयले नै कटुवाले खटाएका छन्।

गाउँमा हुने जुनसुकै कार्यक्रमको बारेमा पुरै गाउँलाई जानकारी दिनु र एक गाउँको सूचना अर्का गाउँसम्म पुर्याउनु उनको मुख्य काम हो। ‘गाउँमा सबैले फोन चलाउन सक्दैनन्। मोबाइल चल्दैन। यसरी नै खबर छोड्ने हो। यसैको आधारमा मान्छेहरु भेला हुन्छन्,’ उनले भने। गाउँ समाजमा हुने कार्यक्रमको सूचना दिन गाउँलेहरुकै पहलमा उनलाई कटुवाल राखेका हुन्। गोष्ठी, छलफल, सभा, सम्मेलन लगायतका काम गर्नुपर्दा गाउँको अग्लो डाँडामा पुगेर चर्काे स्वरले गाउँलेलाई सूचना दिन्छन्।

‘भूकम्पपछि झनै बढी व्यस्त भएको छु। संघसस्था धेरै आएका छन्। दिनहुँजसो विहान बेलुकै कटाउनुपर्छ’, कटुवाल कामी सुनारले भने। सार्वजनिक निकाय तथा सामुदायिक संस्थाहरुले गरेका निर्णयहरु गाउँभरी फिजाउँदै हिंड्ने गरेका छन्। गाउँका संघ संस्थाका तालिम बैठकको खबर र निर्णय उनलाई लेखेर दिन्छन्। उनी डाँडाबाट गाउँलेलाई सुनाउँछन्।

लापा गाविसमा कटुवाले कराउने विशेष तीन ओटा ढुंङ्गा छन्। ग्याम्बो ढुङ्गा, दिशाफिल्तुङ ढुङ्गा र घ्यूब्राङ ढुङ्गा । ग्याम्बो ढुङ्गाबाट बोल्दा वडा नं. १, २, ३ र ५ का गाउँहरुमा सुनिन्छ। दिशाफिल्तुङ ढुङ्गाबाट बोल्दा वडा नं. १, ३ र ६ नम्बरका गाउँहरु र घ्यूब्राङ ढुंङ्गाबाट कराउदा वडा नं. ७, १ र २ का गाउँलेलाई सूचना दिन सकिने कामी सुनारले बताए।

गाउँमा महिला समूहको बैठक होस् या विद्यालयको अभिभावक भेला सबै खालको सूचना ढुङ्गामाथि चडेर गाउँलेलाई सुनाउने गरेका छन्। उनीसँग एउटा हाते माइक बाहेक सूचना भन्ने कुनै प्रविधि छैन्। कामी सुनार कुनैबेला गाउँलेको घरघरमा पुग्छन्। गाउँमा कटुवाल भएकोले सामाजिक कार्यका लागि मान्छे बोलाउने, भेला गराउने, मिटिङ बैठक राख्ने काम सजिलो भएको स्थानीय शिक्षक प्रीति तामाङले बताइन्।

कटुवालले भनिदिने भएकोले एउटा गाउँको खबर अर्काे गाउँमा लैजान पनि सहज भएको लापा स्वास्थ्य चौकीका अनमी रसमायाँ विक बताउँछिन् । उनी भन्छिन्, ‘खोप लगाउने, पोलियो थोपा खुहाउने, बच्चालाई भिटामिन खुहाउने सूचना पनि कटुवालले नै सुनाउने गरेको छ ।’ गाउँमा हुने झैझगडा मिलाउन, बुद्धिजिवि भेला गराउन त कटुवालेले सूचना सुनाउँछ नै गाउँमा हुने ठूला भोजभतेरमा पनि कटुवालेले खबर सुनाउने गरेको उनले बताए । गाउँलेलाई सूचना दिए बापत गाविस कार्यालयले दिने मासिक पाँच हजारले कटुवाल कामी सुनार तामाङले आफ्नो परिवार पाल्दै आएका छन्।

प्रकाशित: २९ मंसिर २०७३ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App