७ वैशाख २०८१ शुक्रबार
समाज

बन्यो दुई वर्षदेखि अलपत्र निकोसेरा सडक

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ निकोसेरास्थित बिग्रेको निकोसेरा सडक खण्ड बनेको छ। मध्यपुर थिमि नगरपालिकाले स्थानीय युवाहरुको सहयोगमा सडकमा ग्राभेल गरि अस्थायी मर्मत सुधार गरेको हो।

अस्थायी मर्मत सुधारपछि दुई वर्षदेखि बेहाल निकोसेराबासीलाई राहत मिलेको छ। हिउँंदमा धुलो र बर्खामा हिलोको समस्याबाट स्थानीय मुक्त भएका हुन्। साथै उक्त सडक खण्ड भएर दैनिक यात्रा गर्नुपर्ने सवारीसाधन तथा बटुवाहरुलाई पनि सहज भएको छ।

सडक खण्ड अन्तर्गत निकोसेरोको अजिमा आयल स्टोर (पेट्रोल पम्प)देखि दुई सय ५० मिटर पूर्व पुरानो लोगो गार्मेन्ट (गाखु चोक)सम्म खाल्डाखुल्डी पुरेर ग्राभेल राखिएको थियो। ग्राभेलमाथि रोलरको सहयताले प्रेस गरि पीचजस्तै चिप्लो सडक बनाइएको हो।

सडकखण्ड यथाशिघ्र मर्मत गरिदिन माग गर्दै मंसिर १७ गते मंगलबार स्थानीय युवाले सवारी आगामन बन्द गरि रोक लगाएका थिए। यसपछि मध्यपुर थिमि नगरपालिकाले युवालाई वार्तामा वोलाएको थियो। वार्तापछि काम सुरु गरि अहिले सकिएको हो। मध्यपुर थिमि नगरपालिकाले प्रमुख मदनसुन्दर श्रेष्ठले सडक विभागको कार्यक्षेत्र भए पनि स्थानीय युवाको सहयोगमा सडकको अस्थायी मर्मत सुधार गरेको जनाए।

सडक खण्ड भक्तपुरको सल्लाघारीबाट काठमाडौं (जडिबुटी) पुग्ने अरनिको राजमार्गको मुख्य बैकल्पिक सडक हो। सल्लाघारीबाट निकोसेरा भई पुरानो ठिमी, परीक्षा नियन्त्रण कार्यालय हुँंदै जडिबुटी पुगिन्छ।

चार लेनको यो सडक खण्डको निकोसेरा क्षेत्रमा दुई वर्षदेखि सडक बेहाल थियो। कालोपत्रे गरिएको सडक ठूल्ठूला खाल्डाुखल्डीमय सडकमा परिणत भएको थियो। यसो हुँंदा स्कुटरलगायतका सवारीसाधन चल्न हम्मे थियो।

पोखरीजस्तो खाल्डाखुल्डी सडकमा बर्षामा पानी जमेर सवारी आवातजावत आफैं बन्द हुने गर्दै आएको थियो। बर्षामा पूरै पानी जमेर सडकनै नदेखिने कारण आफै यातायात अवरुद्ध हुने सडकको यो खण्डमा हिउँंदमा भने धुलो उडेर धुलाम्ये हुँंदै आएको थियो।

जति पटक बनाए पनि राम्रो निकासको अभावमा यो पटकपटक बिग्रँंदै आएको हो। बर्षाको बेला पानी जाने निकासको उचित अभावमा सडक बिग्रंदै आएको हो। अहिले दुबै सडक छेउमा ढल बनाई त्यहाँं जम्मा भएको पानी पास हुने गरी निकास खुलाइएको छ।

 

प्रकाशित: २३ मंसिर २०७६ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App