१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मिस युनिभर्समा प्रदिप्ताको ‘बज्रयोगिनी अवतार’

काठमाडौं – मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरेकी प्रदिप्ता अधिकारी बज्रयोगिनी अवतारमा देखिएकी छिन्। ‘बज्रयोगिनी’ को थिमसहितको पहिरन लगाएर उनले मिस युनिर्भसको ‘प्रारम्भिक तथा राष्ट्र्रिय पोशाक’ विधामा प्रतिस्पर्धा गरेकी थिइन्।

कलाकार विजय महर्जन र फेसन डिजाइनर मनिष राईले उनलाई बज्रयोगिनीको अवतारमा तयार गरेका थिए। उग्र र ऊर्जावान देवी मानिने बग्रयोगिनी स्वरुपमा देखिएको प्रदिप्तालाई कलाकार मर्हजनले शिरमा मुकुट, गरगहना र रातो पहिरनसहित प्रस्तुत गरेका थिए। आध्यात्मिक परिवर्तनको रापले प्रज्वलित जीवनको प्रतीक मान्ने डिजाइनर राईले पहिरनमा रातो रंगको प्रयोग गरेका थिए।

ब्रह्माण्डमा रहेका मानिसलाई नकारात्मक असरबाट संरक्षण गर्न देवीले तान्त्रिक शक्ति प्रदर्शन गर्ने भाव उनको पहिरनमा समेटिएको छ। ‘बज्रयोगिनीलाई उग्र देवीको रुपमा परिभाषित भएको छ। मिस युनिर्भसमा नेपालको प्रतिनिधित्व गरिरहेकी प्रदिप्ताले संसारभर नारी शक्तिको प्रचार गर्न यो स्वरुपमा प्रस्तुत गरेका थियौं,’ कलाकार महर्जनले भने, ‘बज्रयोगिनीको स्वरुपले संसारभर भएका महिलालाई सशक्त हुन प्रोत्साहित गने अपेक्षासहित यो अवतार तयार गरेका थियौं।’ उनका अनुसार बज्रयोगिनी अवतारको शिरदेखि पाखुरा र हत्केलामा लगाएका गरगहनाले गम्भिर अर्थ समेटिएको हुँदा नृत्य गर्न लागेझैं स्वरुपले निडरताको प्रतिनिधित्व गरेको थियो। हातले समातेको बज्रसहितको शस्त्रले अज्ञानतालाई चिर्ने सांकेतिक अर्थ बोकेको थियो।

कलाकार महर्जनले विभिन्न कंकालको खप्परसहितको मुकुट तथा अन्य गरगहनामा फाइबर ग्लासको प्रयोग गरेका छन्। नेवारी समुदायको तान्त्रिक डिजाइनका गरगहना बनाउन उनलाई करिव दुइ साता लागेको थियो। अर्को हातमा रहेको गहिरो खप्परको भाँडोले खुसीको भन्डारलाई व्यक्त गरेको छ। उनीले आध्यात्मिक ज्ञानलाई सबैमा रुपान्तरण गरेझैं लाग्छ।

यसवर्षको मिस युनिभर्समा संसारभरका ९० देशले सहभागिता जनाइरहेको थियो। नेपालको प्रतिनिधित्व गरिरहेकी प्रदिप्ताले मिस युनिभर्सअन्तर्गत टप २० मा हुन भोटको अपिल गरेकी थिइन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले भोटको अपिल गरेकी थिइन्।
हाल मेडिकल अध्ययन गरिहेकी उनले ‘सबका लागि स्वास्थ्य हेरचाह’ नामक अभियान सञ्चालन गरेकी थिइन्।

प्रकाशित: २३ मंसिर २०७६ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App