coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

खोटाङ - खोटाङको रावावेशी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको महिन्द्रा स्कारपियो गाडीमा आगजनी भएको हो। आगजनीबाट गाडी पूर्णरुपमा क्षति भएको छ।

रावावेंशी गाउँपालिका–५ दुबेकोलमा गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको घरमा पार्किङ गरेर राखिएको गाडीमा सोमबार राति अन्दाजी १२ः५८ मा आगजनी भएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए। रातको समयमा ठूलो आवाज पड्केको सुनेपछि हेर्दा गाडीमा आगजनी भइरहेको उनकाे भनाइ छ।

गाडीमा आगजनी भएको खबर प्रहरीलाई गरेपछि कुभिण्डेको हरमटार र ऐंसेलुखर्कबाट आएको प्रहरीको टोलीले राति साढे १ बजे आगो नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतम राति नै घट्नास्थल पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए। ३८ लाखमा खरीद गरिएको गाडी गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएका थिए।

१५ मंसिरमा दोर्पाको लप्सेखोला पंखुखोलामा र चखेवाभन्ज्याङमा गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटर अज्ञात समूहले जलाइदिएका थिए।

प्रकाशित: २३ मंसिर २०७६ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App