coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

ताम्राकारलाई कम्युनिकेटर अवार्ड

काठमाडौं – सञ्चारकर्मी कृष्णा ताम्राकारलाई कम्युनिकेटर अवार्डबाट सम्मान गरिएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनलाई टोस्टमास्टर्स इन्टरनेसनलका अध्यक्ष दीपक मेननले सो अवार्ड प्रदान गरेका थिए।

सञ्चारकर्मी ताम्राकारले विसं. २०४९ मा रेडियो नेपालबाट अवकाश पाएपछि कान्तिपुर एफएम हुँदै इमेज एफएममा कार्यक्रम चलाइरहेकी छन्। अवार्डको यो दोस्रो संस्करण हो। हाल क्यान्सरको उपचार गराएकी उनले क्यान्सर रोगीमा आत्मबल बढाउन ‘आशा’ नामक कार्यक्रम चलाइरहेकी छन्। भक्तपुर क्यान्सर अस्पतालकी सद्भावना दूत समेत रहेकी उनले सो कार्यक्रममार्फत क्यान्सरबाट मुक्त हुन सकिन्छ भन्ने सन्देश प्रवाह गरिरहेकी छन्।

प्रकाशित: २३ मंसिर २०७६ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App