coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

विश्वप्रसिद्ध मेडिकल जर्नलको सल्लाहकारमा डा.ज्ञवाली

डा.विशाल ज्ञवाली

टोकियो— विश्वकै पुरानो र प्रसिद्ध मेडिकल जर्नल द बीएमजे (व्रिटिश मेडिकल जर्नल)को सल्लाहकारमा एक नेपाली नियुक्त भएका छन्। नागोया विश्वविद्यालयमा क्यान्सर उपचारको विशेषज्ञ तालिम तथा मेडिकल अङ्कोलोजीमा विद्यावाराधि गरिरहेका डा.विशाल ज्ञवालीलाई सो जर्नलले सल्लाहकार नियुक्त गरेको हो।

'मेरो लागि यो ठूलो ज़िम्मेवारी हो। विश्वका उत्कृष्ट अनुसन्धानकर्ताको काम हेर्ने यो जिम्मेवारीले नेपालको नामलाई समेत केही हदसम्म चिनाउने विश्वास लिएको छु', डा.ज्ञवालीले भने। उनी २०५९ सालका एसएलसी बोर्ड टपर हुन्।

व्रिटिश मेडिकल एशोसिशएनले प्रकाशित गर्ने यो जर्नल प्रभावका दृष्टिले विश्वकै उत्कृष्टमध्येमा पर्छ। सन् १८४० देखि प्रकाशित हुँदै आएको यसले नयाँ खोज, अनुसन्धान तथा प्रमाण आधारित औषधिको वकालत गर्दै आएको छ।

जर्नलले विश्वभरिबाट पाँच सल्लाहकार छान्दा उनी त्यसमा पर्न सफल भएका हुन्। स्वास्थ्यसम्बन्धी अनुसन्धान जर्नलमा प्रकाशित हुनुभन्दा अघि त्यसको गुणस्तर तथा प्रभाव मूल्याङ्कन हेरेर सम्पादकलाई सल्लाह दिनु उनको जिम्मेवारी हुनेछ। बिएमजेमा सन् २००५ देखि फियोना गोड्ली सम्पादक छिन्।

'मेरो लागि यो ठूलो ज़िम्मेवारी हो। विश्वका उत्कृष्ट अनुसन्धानकर्ताको काम हेर्ने यो जिम्मेवारीले नेपालको नामलाई समेत केही हदसम्म चिनाउने विश्वास लिएको छु', डा.ज्ञवालीले भने। उनी २०५९ सालका एसएलसी बोर्ड टपर हुन्।

प्रकाशित: २९ मंसिर २०७३ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App