६ वैशाख २०८१ बिहीबार
कला

ड्राेन क्यामरा बाेकेर जीवन र वर्षा

काठमाडौं–अभिनेता जीवन लुइँटेल र अभिनेत्री बर्षा सिवाकोटीले फिल्म तथा म्युजिक भिडियो प्रयोग गर्न मिल्ने नया“ क्यामेरा सार्वजनिक गरेका छन् । काठमाण्डौको बबरमहलमा रहेको ‘ओलिज स्टोर’ले नयाँ प्रविधीका क्यामरा भित्र्याएको हो । मंगलबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नया“ क्यामेराहरु सार्वजनिक गरिएको हो ।
सन् २००७ मा स्थापना भएको ओलिज स्टोरले डीजेआइ कम्पनी लगायतका विश्वका चर्चित कम्पनीका नया“ नया“ ब्रान्ड भित्र्याउ“दै आएको छ । ओलिजले फान्टम, माभिक, ओज्मो, रोनिन लगायतका प्रोडक्टहरु बजारमा ल्याएको बताएको छ । यसका संचालकले अनलाइनमार्फत पनि बुकिङ गर्न सक्ने बताए । नेपाली फिल्म क्षेत्रका लागि आवश्यक पर्ने मल्टिकप्टर, ओज्मो क्यामेरा गियर, ओज्मो प्रो, प्यान्टम फोर लगायतका क्यामेरा ओलिजमा पाउन सकिनेछ ।

फिल्म क्षेत्रमा नया“–नया“ प्रविधी भित्रिरहेको समयमा यी प्रविधीले उत्कृष्ट दृश्य पर्दामा देखाउन मद्दत गर्ने यसको संचालकले विश्वास गरेका छन् । अभिनेता जीवन लुइँटेलले आफूले हरेक वर्ष निर्माण गर्ने फिल्मका ४० प्रतिशत दृश्य  खिच्न ड्रोन प्रयोग गर्ने बताए । अभिनेत्री बर्षा सिवाकोटीले यी प्रविधीले फिल्म हेर्ने दर्शकको आँखामा अझ शीतलता प्रदान गर्ने बताइन् ।

यसैबीच, ओलिज स्टोरले व्रान्ड प्रवद्र्धनका लागि फोटो पत्रकार क्लबका महासचिव श्रीधर पौडेललाई ब्रान्ड एम्ब्यासडर पनि नियुक्त गरेको छ । पौडेलले ब्रान्ड एम्ब्यासडर नियुक्त भएपछि क्यामेरा छायांकारहरुलाई सरल तरिकाले उत्कृष्ट दृश्य कैद गर्न यी प्रोडक्टहरुले सहज बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित: २९ मंसिर २०७३ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App